गण्डकीबाट निर्वाचित सबै ओली प्यानलका, कसले जिते, कसले हारे ?
सारांश
- नेकपा एमालेको १०औँ महाधिवेशनमा गण्डकी प्रदेशबाट निर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यहरू अध्यक्ष केपी शर्मा ओली प्यानलका छन्।
- उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, सचिवमा खगराज अधिकारी र पद्मा अर्याल निर्वाचित भए भने इन्द्रलाल सापकोटा पराजित भए।
- केन्द्रीय सदस्य खुला, महिला, भूगोल, आदिवासी जनजाति, दलितलगायत विभिन्न क्लस्टरबाट उम्मेदवारहरू निर्वाचित भए।
पोखरा । नेकपा एमालेको ११औँ महाधिवेशनमा गण्डकी प्रदेशबाट निर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यहरू अध्यक्ष केपी शर्मा ओली प्यानलका छन् ।
गण्डकीबाट दुवै प्यानल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए, तीमध्ये ४७ जना निर्वाचित भएका छन् भने १८ जना पराजित भए । पदाधिकारीमा ४ जनाको उम्मेदवारी परेको थियो, जहाँ ३ जना निर्वाचित हुन सफल भए । उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ १ हजार ७ सय ३७ मतसहित विजयी हुँदा सचिवमा खगराज अधिकारी र पद्मा अर्याल विजयी भए ।
पृथ्वीसुब्बाले पाएको मत पदाधिकारीमा सबैभन्दा बढी हो । पद्माकुमारी पनि पदाधिकारीमा सबैभन्दा बढी मत ल्याउने चौथो नम्बरमा परेकी छन्, उनले १ हजार ५ सय ३० मत ल्याइन् । सचिवमा निर्वाचित अधिकारीले १ हजार ३ सय ३१ मत पाए ।
पदाधिकारीमा उम्मेदवार बनेका इन्द्रलाल सापकोटा भने पराजित भए । सचिवका उम्मेदवार उनले सबैभन्दा कम अर्थात् ४ सय ५ मत पाएका छन् ।

केन्द्रीय सदस्य खुलातर्फ ११ जना निर्वाचित भएका छन् । किरण गुरुङ (१६२७), कृष्णकुमार श्रेष्ठ ‘किसान’ (१५६०), पदम गिरी (१५१७), जगतबहादुर विश्वकर्मा (१३९६), डा. भीष्म अधिकारी (१३९२), जमीन्द्रमान घले (१३४५), डा. सूर्य पाठक (१३२०), रश्मि आचार्य (१२९७), राजीव पहारी (१२४९), खिमबहादुर थापा (१२२०) र कृष्ण अधिकारी (१०१८) विजयी भएका छन् ।
हीराबहादुर केसी (९३८), बाबुराम थापा (६२३), पुष्पज्योति ढुंगाना (५३१), बालासिंह काउचा मगर (४७४) र भीमबहादुर कार्की (३८५) पराजित भएका छन् । खुला महिला केन्द्रीय सदस्यमा टुका हमाल (१८२६), देवका पहारी (१६५३), प्रभा कोइराला (१९०७), सीताकुमारी सुन्दास (१६१८), मनकुमारी जिसी (१७१६), क्रान्ति बुर्लाकोटी (१८७३), भगवती न्यौपाने (१८७३) र यशोदा रिमाल (१८०७) विजयी हुँदा सिर्जना शर्मा (१०२६) पराजित भइन् ।
भूगोलबाट केन्द्रीय सदस्यमा पनि ओली प्यानलले ‘क्लिन स्वीप’ गरेको छ । भूगोलबाट खुला सदस्यमा कृष्णबहादुर थापा (१७२७), केदार सिग्देल (१४९७), तिलबहादुर महत (१५०५), रामशरण बस्नेत (१४१९) र हरिकृष्ण श्रेष्ठ (१७७०) विजयी भए । जगन्नाथ बास्तोला (४०६), टीकाराम पंगेनी (६५२), प्रेमबहादुर गुरुङ (७९१), विष्णुभक्त सिग्देल (७३८) र मुक्तिराम पाण्डे (६३०) पराजित भए । ४० वर्षमुनिका युवा क्लस्टरमा नवराज ओझा (११२४) विजयी हुँदा निकटतम प्रतिस्पर्धी प्रकाश पौडेल (११०३) पराजित भए ।
केन्द्रीय सदस्यमा आदिवासी जनजाति खुलाबाट चन्द्रमोहन गौचन (१३४२) र लिलबहादुर थापा (१३२०) विजयी हुँदा रोशनबहादुर गाहा (५१३) र प्रतापलाल श्रेष्ठ (५२२) पराजित भए । ४० वर्षमुनिका युवामा सम्राट गौचन (११८५) विजयी भएका छन् । महिलातर्फ थममाया थापा (१७४५), नरदेवी पुन (१८२४), मञ्जुदेवी गुरुङ (१८२८) र सावित्रा राना (१९२५) विजयी हुँदा बबी शेरचन (७२९) पराजित भइन् ।
दलित खुलाबाट गोविन्दबहादुर नेपाली (१४४१) र मनोहर बी पौडेल (१३१४) विजयी भए । भूगोलबाट महिलामा कल्पना चापागाईं (१९८७), मञ्जु शर्मा चालिसे (१७८२) र सीमा क्षत्री (१९६५) विजयी हुँदा मित्रकुमारी गुरुङ (९४७) पराजित भइन् ।
केन्द्रीय अनुशासन आयोगमा शान्तिदेवी खनाल (१९७०) विजयी हुँदा तेजनारायण अधिकारी (१०९८) पराजित भए । लेखा आयोगमा केशबहादुर केसी (१६३६), पद्मा जिसी (१८६८) र हरिकुमार श्रेष्ठ (१७९०) विजयी भए । अनुशासन आयोगको अध्यक्षमा प्राडा भरतराज पहारी र सचिवमा डा राजेन्द्र घिमिरे यसअघि नै सर्वसम्मत भइसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण