रास्वपाद्वारा समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशको प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक (सूचीसहित)
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम प्रदेशका लागि समानुपातिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।
- उम्मेदवारहरूसँग पौष ५ गते छलफल हुने र त्यसपछि घरदैलो कार्यक्रम सञ्चालन गरिनेछ।
- पार्टीले उम्मेदवारहरूलाई तयारी गर्न र छुटेका नामहरू प्रदेश सभापतिमार्फत जानकारी गराउन आग्रह गरेको छ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सुदूरपश्चिम प्रदेशका लागि आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
पार्टीका अनुसार उक्त सूचीमा समावेश उम्मेदवारसँग छलफल यही पौष ५ गते बिहान ११ः०० बजेदेखि सौराई ब्याङ्केट एन्ड ईभेन्ट, शहिदगेट, धनगढी, कैलालीमा हुनेछ । छलफलपछि उम्मेदवार छनोट रूपरेखा अनुसार पौष ६ र ७ गते सम्बन्धित प्रदेशमै घरदैलो कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
रास्वपाले सूचीमा परेका उम्मेदवारलाई आवश्यक तयारी समयमै पूरा गर्न अनुरोध गर्दै थप जानकारीका लागि सम्बन्धित प्रदेश सभापतिसँग सम्पर्क गर्न आग्रह गरेको छ । कुनै कारणवश कसैको नाम सूचीमा छुटेको भए पनि प्रदेश सभापतिमार्फत जानकारी गराउन पार्टीले अनुरोध गरेको छ ।
प्रारम्भिक उम्मेदवारको नामावली


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण