जिपको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु
शुक्रबार, ०४ पुस २०८२, ०० : ०३
सारांश
- बागलुङमा जीपले ठक्कर दिँदा ५ वर्षीय बालकको मृत्यु भयो।
- दुर्घटनामा गम्भीर घाइते बालकलाई अस्पताल लैजाँदा डाक्टरले मृत घोषणा गरे।
- प्रहरीले जीप चालकलाई नियन्त्रणमा लियो।
बागलुङ । बागलुङमा पिकअप जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बिहीबार साँझ ६ बजे म्याग्दीको सदरमुकाम बेनी बजारबाट बागलुङतर्फ आउँदै गरेको ध १ च १३३६ नम्बरको पिकअप जिपले ठक्कर दिँदा काठेखोला गाउँपालिका–१ धैरेनीका ५ वर्षीय सूर्य ढुङ्गानाको मृत्यु भएको हो ।
जिपको ठक्करबाट गम्भीर घाइते भएका ढुङ्गानाको उपचारका लागि धौलागिरि प्रादेशिक अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक कमलजङ्ग थापाले जानकारी दिए ।
बालक ढुङ्गानालाई सडक क्रस गर्दै गर्दा जिपले ठक्कर दिएको उनको भनाइ छ । जिप चालक पर्वतको जलजला गाउँपालिका–८ नाङ्लिबाङका–२५ वर्षीय सुनिल नेपालीले प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक थापा बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण