बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रास्वपाद्वारा समानुपातिकतर्फ बागमती प्रदेशका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक (सूचीसहित)

शुक्रबार, ०४ पुस २०८२, ०६ : ३२
शुक्रबार, ०४ पुस २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीले बागमती प्रदेशका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
  • उम्मेदवारहरूसँग छलफल पौष ५ गते गोङ्गबु नयाँ बसपार्कमा हुनेछ।
  • पार्टीले उम्मेदवारहरूलाई घरदैलो कार्यक्रमको तयारी गर्न र प्रदेश सभापतिसँग सम्पर्कमा रहन अनुरोध गरेको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत बागमती प्रदेशका लागि आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।

पार्टीका अनुसार प्रदेशको पहिलो चरणको प्रारम्भिक उम्मेदवार सूचीमा समावेश उम्मेदवारसँग छलफल यही पौष ५ गते बिजी ब्याङ्क्वेट गोङ्गबु नयाँ बसपार्कमा  हुनेछ ।

उम्मेदवार छनोट रूपरेखा अनुसार पौष ६ र ७ गते सम्बन्धित प्रदेशमै घरदैलो कार्यक्रम सञ्चालन गरिने भएकाले सूचीमा समावेश उम्मेदवारलाई आवश्यक तयारी समयमै पूरा गर्न पार्टीले अनुरोध गरेको छ ।

यसैगरी, थप जानकारीका लागि सम्बन्धित प्रदेश सभापतिसँग सम्पर्क गर्न तथा कुनै कारणवश कसैको नाम सूचीमा छुटेको भए पनि प्रदेश सभापतिमार्फत जानकारी गराउन उम्मेदवार छनोट समितिले आग्रह गरेको छ ।

1234567

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप