रास्वपाद्वारा समानुपातिकतर्फ गण्डकी प्रदेशका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक (सूचीसहित)
शुक्रबार, ०४ पुस २०८२, ०६ : ३९
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकी प्रदेशका लागि समानुपातिक उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
- उम्मेदवारहरूसँग छलफल पौष ५ गते पोखरामा हुनेछ, भने घरदैलो कार्यक्रम पौष ६ र ७ गते सञ्चालन हुनेछ।
- पार्टीले उम्मेदवारहरूलाई तयारी गर्न र छुटेका नामहरू प्रदेश सभापतिमार्फत जानकारी गराउन अनुरोध गरेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत गण्डकी प्रदेशका लागि आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
पार्टीका अनुसार प्रदेशको पहिलो चरणको प्रारम्भिक उम्मेदवार सूचीमा समावेश उम्मेदवारसँग छलफल यही पौष ५ गते होटल माउन्ट अपी स्ट्रिट नम्बर १३, बाराही मार्ग, लेकसाईड, पोखरामा हुनेछ।
उम्मेदवार छनोट रूपरेखा अनुसार पौष ६ र ७ गते सम्बन्धित प्रदेशमै घरदैलो कार्यक्रम सञ्चालन गरिने भएकाले सूचीमा समावेश उम्मेदवारलाई आवश्यक तयारी समयमै पूरा गर्न पार्टीले अनुरोध गरेको छ ।
यसैगरी, थप जानकारीका लागि सम्बन्धित प्रदेश सभापतिसँग सम्पर्क गर्न तथा कुनै कारणवश कसैको नाम सूचीमा छुटेको भए पनि प्रदेश सभापतिमार्फत जानकारी गराउन उम्मेदवार छनोट समितिले आग्रह गरेको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण