सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला
सारांश
- सशस्त्र प्रहरी बलले विभिन्न पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
- भर्नाका लागि दरखास्त फाराम पुस ११ गतेदेखि माघ ११ गतेसम्म बुझाउन सकिनेछ।
- दोब्बर दस्तुर तिरेर माघ १२ देखि २१ गतेसम्म पनि दरखास्त दिन सकिनेछ।
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
सशस्त्र प्रहरीको भर्ना तथा छनौट शाखाले साधारण समूह, साधारण उपसमूह, प्राविधिक समूह र स्वास्थ्यतर्फका रिक्त पदहरू खुला प्रतियोगितामार्फत पदपूर्ति गर्न सूचना प्रकाशित गरेको हो।
शुक्रबार प्रकाशित सूचनाअनुसार दरखास्त फाराम पुस ११ गतेदेखि माग ११ गतेसम्म कार्यालय समयभित्र बुझाउन सकिनेछ। तोकिएको समयपछि दोब्बर दस्तुर बुझाई माघ १२ गतेदेखि २१ गतेसम्म पनि दरखास्त दिन सकिने व्यवस्था गरिएको छ।
अनलाइनमार्फत दरखास्त दिएका सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक, प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) पदका आवेदकले माघ २३ गतेभित्र आफूले रोजेको कार्यालयमा सक्कलै दरखास्त फाराम बुझाउनुपर्ने सूचनामा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण