प्रशिक्षक सरिना विग्म्यान ‘कोच अफ द इयर’ घोषित
शुक्रबार, ०४ पुस २०८२, ११ : २९
सारांश
- इङ्गल्यान्ड महिला टोलीकी प्रशिक्षक सरिना विग्म्यान दोस्रो पटक बीबीसी स्पोर्ट्स पर्सनालिटी 'कोच अफ द इयर' घोषित भइन्।
- विग्म्यानले युरो २०२५ को फाइनलमा स्पेनलाई हराउँदै इङ्गल्यान्डलाई युरोपियन च्याम्पियनसिपको उपाधि दिलाइन्।
- उनले 'लायनेसेस' लाई विदेशी भूमिमा प्रमुख उपाधि दिलाउने पहिलो इङ्गल्याण्डको प्रशिक्षक बनिन्।
काठमाडौँ । इङ्गल्यान्ड महिला टोलीकी प्रशिक्षक सरिना विग्म्यान दोस्रो पटक बीबीसी स्पोर्ट्स पर्सनालिटी ‘कोच अफ द इयर’ घोषित भएकी छिन्।
डच प्रशिक्षक विग्म्यानले युरो २०२५ को फाइनलमा स्पेनलाई हराउँदै इङ्गल्यान्डलाई लगातार दोस्रो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जिताएकी थिइन् ।
यो जितसँगै ‘लायनेसेस’ विदेशी भूमिमा कुनै प्रमुख उपाधि जित्ने पहिलो इङ्गल्याण्डको पहिलो प्रशिक्षक बनेकी छन् । ५६ वर्षीया विग्म्यान सन् २०२२ मा ‘कोच अफ द इयर’ अवार्ड जित्ने पहिलो महिला प्रशिक्षक पनि बनेकी थिइन् ।
‘यहाँ फेरि आउन पाउनु ठुलो सम्मानको कुरा हो । यो पुरस्कार खेलाडी र स्टाफका लागि हो,’ विग्म्यानले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण