एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
सारांश
- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दरबारमार्गस्थित प्रहरी वृत्तलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ।
- गत भदौ २३-२४ को जेनजी आन्दोलनका क्रममा उक्त प्रहरी वृत्तमा क्षति पुगेको थियो।
- एनआरएनएले शान्ति सुव्यवस्था कायम गर्नका लागि सहयोग गरेको र आगामी दिनमा पनि सहकार्य गर्ने बताएको छ।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्गस्थित प्रहरी वृत्तलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ ।
संघले शुक्रबार दरबारमार्गमा आयोजित एक कार्यक्रममा वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीलाई हस्तान्तरण गरेको हो ।
गत भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा उक्त प्रहरी वृत्तमा पनि क्षति पुगेको थियो ।
कार्यक्रममा अध्यक्ष डा बद्री केसीले आन्दोलनका क्रममा भएको क्षतिलाई पूर्ण रूपमा पूर्ति गर्न नसके पनि केही हदसम्म सहयोग होस् भन्ने हेतुले ब्यारिकेड प्रदान गरिएको उल्लेख गरे । उनले यसअघि पनि महानगरीय प्रहरी बृत्त रानीपोखरीमा फर्निचर सहयोग गर्नुका साथै उपत्यका ट्राफिक प्रहरी कन्ट्रोलरुम रामशाह पथमा अत्याधुनिक उपकरणहरु सहयोग गरेको स्मरण गराउँदै एनआरएनएले सामाजिक कार्यमा जहिले पनि नेपाल प्रहरीसँग सहकार्य गर्दै आएको बताए ।
कार्यक्रममा प्रहरी वृत्त प्रमुख डीएसपी डाँगीले शान्ति सु–ुव्यवस्था कायम गर्नका लागि एनआरएनएको सहयोग महत्त्वपूर्ण हुने भन्दै आभार व्यक्त गरे । एनआरएनएले वृत्तलाई ३ लाख मूल्य बराबरको १० थान ब्यारिकेड हस्तान्तरण गरेको प्रेस नोटमार्फत जनाएको छ ।
कार्यक्रममा एनआरएनए महिला संयोजक रश्मि थापा, पूर्व युवा उपाध्यक्ष अब्दुल बसिद्लगायतको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा
-
६ महानगरले पाए पौने १२ अर्ब अनुदान, पोखरालाई सबैभन्दा धेरै, कसले कति पाए ?
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण