आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गोरखा सेवा समाजको स्थापना दिवस सम्पन्न

शुक्रबार, ०४ पुस २०८२, १३ : १९
शुक्रबार, ०४ पुस २०८२

दोहा । गोरखा सेवा समाज कतारले आफ्नो २३औं स्थापना दिवस मनाएको छ। कतारको राष्ट्रिय दिवसको विदाको अवसर पारेर समाजले शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक कार्यक्रमसहित बिहीबार फूलबारी रेस्टुरेन्टको सभा हलमा स्थापना दिवस मनाएको हो।

समाजका अध्यक्ष विकास श्रेष्ठको सभाध्यक्षता तथा ग्लोबल गोरखा समाजका उपाध्यक्ष श्रीकृष्ण भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गोरखालीहरूको गाथा समेटिएको भिडियो समेत प्रदर्शन गरिएको थियो। गोरखालीहरूको अभिलेख समेटिएको उक्त भिडियो डकुमेन्ट्रीमा गोरखा जिल्लाका पर्यटकीय र धार्मिक स्थलसँगै त्यहाँ पाइने जडीबुटीबारे जानकारी प्रस्तुत गरिएको थियो।

कार्यक्रममा समाजका संस्थापक तथा वर्तमान संरक्षक बुधबल गुरुङले समाजको स्थापनादेखि वर्तमान अवस्थासम्म आइपुग्दा भएका गतिविधि र योगदानबारे अनुभव साझा गरे। डिसेम्बर १२, २००३ मा स्थापना भएको गोरखा सेवा समाजले जिल्लामा २५ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको जानकारी दिइयो। उक्त कोषमार्फत जिल्लाका विपन्न, गरिब तथा असक्त विद्यार्थीहरूलाई छात्रवृत्तिका माध्यमबाट सहयोग गर्दै आएको उनले बताए।

समाजको २३औं वार्षिकोत्सवको अवसरमा भाग्यशाली चिट्ठा प्रतियोगिताको नतिजा समेत सार्वजनिक गरिएको छ। सान्त्वना पुरस्कारअन्तर्गत १५ वटा स्मार्ट घडी चिट्ठा नम्बर १५७०, ११८४, १२६३, २०७५, १५८७, १०७५, १८७०, १६४९, १८९४, १५६४, २७६३, २८६३, २२६४, २६१२ र १४२८ ले जितेका छन्। तेस्रो पुरस्कार स्मार्टफोन चिट्ठा नम्बर २२८२ ले जितेको छ भने दोस्रो पुरस्कार ४२ इन्चको स्मार्ट टिभी चिट्ठा नम्बर २९७२ ले जितेको छ। पहिलो पुरस्कार ल्यापटप चिट्ठा नम्बर १६३९ ले जितेको समाजले जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप