काठमाडौँ महानगरकाे नगरसभा पुस ११ मा, खेलाडीलाई नगदसहित सम्मान गरिने
सारांश
- काठमाडौँ महानगरपालिकाको १८औँ नगरसभा पुस ११ गते बस्ने भएको छ।
- निःशुल्क शिक्षा र पूर्वाधार विकासका लागि बजेट निकासा दिने निर्णय गरियो।
- दृष्टिविहीन क्रिकेट टोलीका खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने भएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १८औँ नगरसभा आगामी पुस ११ गतेका लागि आह्वान गरिएको छ । महानगरका प्रमुख बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा आइतबार बसेको ४४औँ कार्यपालिका बैठकले नगरसभाको अधिवेशन मिति तय गरेको हो ।
बैठकमा प्रशासन, पूर्वाधार, वातावरण, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा र सम्पदा लगायतका विभिन्न क्षेत्रसँग सम्बन्धित ३० वटा प्रस्ताव र विविध २ गरी ३२ वटा विषयमाथि निर्णयहरू भएका छन् ।
शिक्षा र पूर्वाधारमा विशेष जोड
बैठकले निःशुल्क शिक्षा कार्यान्वयनका लागि विद्यालयहरूलाई आवश्यक बजेट निकासा दिने निर्णय गरेको छ । विद्यालयको शैक्षिक वातावरण र भौतिक सौन्दर्य अभिवृद्धि गर्न अनुदान प्रदान गर्ने र नेपाल भाषाको पाठ्यक्रम स्वीकृतिका साथै पाठ्यपुस्तक संशोधन गर्ने निर्णय पनि भएको छ ।
त्यसैगरी, निर्माणका क्रममा रहेका विभिन्न पूर्वाधार योजनाहरूमध्ये १५ देखि २५ प्रतिशतसम्म भेरिएसन भएका योजनाहरूको कार्यपालिकाले अनुमोदन गरेको छ ।
दृष्टिविहीन क्रिकेट खेलाडीलाई नगदसहित सम्मान
महानगरपालिकाले खेलकुद र खेलाडीको सम्मानका लागि पनि महत्त्वपूर्ण निर्णय गरेको छ । विश्वकपमा उपविजेता बनेको नेपाली दृष्टिविहीन क्रिकेट टोलीका खेलाडीहरूलाई जनही १ लाख रुपैयाँ र टोलीका अन्य सदस्यहरूलाई जनही ५० हजार रुपैयाँका दरले नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय बैठकले गरेको छ ।
नयाँ कार्यविधि र ऐन संशोधनको तयारी
बैठकले ‘श्री पारसनाथ महादेव तथा आनन्द भैरव मन्दिर, ज्ञानेश्वर व्यवस्थापन समिति कार्यविधि २०८२’ र ’बाल कोष परिचालन मापदण्ड २०८२’ स्वीकृत गरेको छ ।
यस्तै ‘रचनात्मक सहर सञ्जाल कार्यविधि’ संशोधनसहित स्वीकृत भएको छ । सहकारी ऐन २०७४ मा समयसापेक्ष संशोधन गर्न र नयाँ सूचना प्रविधि कार्यविधि तर्जुमा गर्नका लागि बैठकले सैद्धान्तिक सहमति दिएको छ ।
महानगर प्रहरी ऐन संशोधन र महानगरवासीलाई निःशुल्क रगत तथा रक्त तत्त्व उपलब्ध गराउने विषयमा पनि बैठकमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण