निजी विद्यालयले असुल्ने शुल्क ५० प्रतिशतले न्यून गरिनुपर्ने लगायत १५ बुँदे माग राख्दै ज्ञापनपत्र
काठमाडाैँ । जनपक्षीय विद्यार्थी युनियन, नेपालले विभिन्न १५ बुँदे माग राख्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, केन्द्रीय कार्यकारी समितिलाई ज्ञापनपत्र बुझाएको छ ।
शुक्रबार जनपक्षीय विद्यार्थी युनियन, नेपालका अध्यक्ष सुनिता बुढाथोकीको टोलीले अर्गनाइजेसन ज्ञापनपत्र बुझाएको हो ।
निजी विद्यालयहरूले असुल्दै आएको अत्यधिक शुल्क तत्काल ५० प्रतिशतले न्यून गरिनुपर्नेसहितका १५ बुँदे मागहरू राख्दै ज्ञापनपत्र बुझाइएको हो ।
यी हुन् १५ बुँदे मागहरू
- विदेशमा रहेका नेपाली विद्यार्थी, श्रमिक तथा नेपाली नागरिकहरूले यसै निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरियोस् ।
- संविधानमा व्यवस्था भएअनुसार माध्यमिक तहसम्म निःशुल्क शिक्षा पूर्ण रूपमा लागू गरियोस् ।
- सबै सरकारी विद्यालयमा अंग्रेजी भाषा माध्यमबाट अध्ययन–अध्यापनको व्यवस्था गरियोस् ।
- कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई मासिक रु.५०० र विद्यार्थी भत्ता उपलब्ध गराइयोस् ।
- कलेज तहमा अध्ययन गर्ने इच्छुक सबै विद्यार्थीलाई अध्ययनसँगै स्वरोजगार हुने वातावरण सिर्जना गर्न सरकार जमानी बसेर प्रत्येकलाई न्यूनतम रु.१० लाखसम्मको सहुलियतपूर्ण ऋणको व्यवस्था गरियोस् ।
- निजी विद्यालयहरूले असुल्ने गरेको अत्यधिक शुल्कमा तत्काल ५० प्रतिशत कटौती गरियोस् ।
- सम्पूर्ण विद्यार्थीलाई निःशुल्क इन्टरनेट सेवाको व्यवस्था गरियोस् ।
- विद्यालय तथा शिक्षण संस्थाको आम्दानी र खर्च पूर्ण रूपमा पारदर्शी बनाइयोस् ।
- व्यवहारिक, सीपमूलक तथा उत्पादनमुखी शिक्षा प्रणाली लागू गरियोस् ।
- विद्यार्थी राशन कार्डको व्यवस्था गरियोस् ।
- शिक्षाको निजीकरण र व्यापारीकरण अन्त्य गरियोस् ।
- सबै तहमा प्राविधिक शिक्षाको प्रभावकारी कार्यान्वयन गरियोस् ।
- नैतिक, वैज्ञानिक र देशभक्तिपूर्ण शिक्षा नीति लागू गरियोस् ।
- निजी विद्यालयमा अध्यापन गर्ने शिक्षक तथा कर्मचारीको न्यूनतम तलब सरकारी विद्यालयको बराबर कायम गरियोस् ।
- विद्यालय तथा कलेजको प्रयोजनका लागि आयात गरिने यातायातका साधन तथा अन्य शैक्षिक सामग्रीमा न्यूनतम ५० प्रतिशत भन्सार शुल्क घटाइयोस् ।
उल्लेखित मागहरू विद्यार्थीका वर्तमान आवश्यकता मात्र नभई देशको दीर्घकालीन सामाजिक–आर्थिक रूपान्तरणसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेका ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
'लोकतन्त्रको जीवनरेखा मताधिकार हो । निःशुल्क शिक्षा वर्तमान संविधानको कार्यान्वयन हो । यी लोकतान्त्रिक संवैधानिक मूल्यलाई आत्मसात् गर्दै, यस ज्ञापन(पत्रमा उल्लिखित मागहरूलाई सरकार र सरोकारवाला सबै निकायले गम्भीरतापूर्वक लिई तत्काल वार्ता र सहमतिद्वारा समाधानतर्फ ठोस कदम चाल्नेछ भन्ने विश्वास लिएका छौँ,'ज्ञापनपत्रमा भनिएको छ ।
जायज र संविधानले नै सुनिश्चित गरिएका मागहरू समयमै सम्बोधन गर्ने तर्फ सरकार एवं सरोकारवाला सबै निकायबाट ठोस पाइला नचालिएमा पुस ७ गते काठमाडौँ उपत्यका व्यापी शैक्षिक हडताल गरिने चेतावनी ससमेत दिइएको छ ।
उक्त ज्ञापनपत्र राष्ट्रपति कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार,शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,निर्वाचन आयोग, नेशनल निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संङ्घ नेपाललाई बोधार्थ समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण