महामन्त्री थापा ६ ठाउँबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस
सारांश
- नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रतिनिधिसभा निर्वाचनका लागि ६ स्थानबाट उम्मेदवार सिफारिस भएका छन्।
- थापा काठमाडौं-४, रोल्पा, धनकुटा, सर्लाही-४, तेह्रथुम र कपिलवस्तु-१ बाट प्रत्यक्षतर्फ सिफारिस भएका छन्।
- उनले पहिले ४ पटक प्रतिनिधिसभा सदस्यको रूपमा काम गरिसकेका छन् र उनी पुरानै क्षेत्रबाट प्रतिस्पर्धा गर्ने तयारीमा छन्।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा ६ स्थानबाट उम्मेदवार सिफारिस भएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले मङ्सिर १५ गते निर्णय गर्दै प्रतिनिधिसभामा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ उम्मेदवार बन्नका लागि मङ्सिर मसान्तसम्म नाम सिफारिस गर्न मातहतका समितिलाई निर्देशन दिने निर्णय गरेको थियो ।
बैठकको त्यही निर्णय बमोजिम केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले त्यसैदिन मातहतका कार्यालयलाई परिपत्र गरेका थिए । त्यही परिपत्र बमोजिम कांग्रेसका प्रतिनिधिसभा क्षेत्रीय समितिले उम्मेदवार सिफारिस गर्दा महामन्त्री थापाको नाम ६ स्थानबाट सिफारिस भएको हो ।
थापाको नाम काठमाडौँ–४, रोल्पा, धनकुटा, सर्लाही–४, तेह्रथुम र कपिलवस्तु–१ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएको छ । तेह्रथुम र काठमाडौँ–४ बाट उनको नाम एकल उम्मेदवारका रूपमा सिफारिस भएको छ । बाँकी क्षेत्रमा भने थापासँगै अन्य नेताहरूको नाम पनि सिफारिस भएको छ ।
थापा यसअघि ४ कार्यकाल प्रतिनिधिसभा सदस्य भएर काम गरिसकेका छन् । उनी ३ पटक प्रत्यक्ष जितेर र एक पटक समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य बनेका थिए । थापा २०६४ सालमा भएको पहिला संविधानसभामा समानुपातिक प्रणालीबाट सांसद बनेका थिए भने २०७०, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–४ मा प्रत्यक्षतर्फ कांग्रेसका तर्फबाट उम्मेदवार बनेर जित्दै आएका छन् ।
अहिले पनि काठमाडौँ–४ बाहेक अन्य स्थानबाट उम्मेदवार सिफारिस भए प्रतिस्पर्धा पुरानै क्षेत्रबाट गर्ने तयारीमा थापा छन् । थापाको सचिवालयले सिफारिस गर्ने ठाउँका नेताहरूलाई सिफारिस गरेकोमा धन्यवाद दिँदै पुरानै स्थानबाट उम्मेदवार बन्ने बताएको थानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण