अस्ट्रेलियाका नेपालीलाई संगीतमा झुमाएर फर्किए यम बराल
काठमाडौं । अस्ट्रेलियाको सांगीतिक भ्रमण पूरा गरी गायक यम बराल स्वदेश फर्किएका छन् । करिब एक दशकपछि अस्ट्रेलियामा कार्यक्रमका लागि पुगेका यम तीन सहरमा गुञ्जिए ।
तीन साता लामो सांगीतिक यात्राको दौरान उनले सिड्नीमा दुईवटा कार्यक्रममा प्रस्तुति दिए भने क्यानबेरा र एडिलेडमा एक- एक कन्सर्ट गरे ।

यम बराल भन्नासाथ संगीतप्रेमीहरुलाई ‘बादलुको घुम्टो’ र ‘निष्ठुरीले छाडेर’ गीत सुरुमा याद आउँछन् । अस्ट्रेलिया कन्सर्टका क्रममा पनि उनले यिनै दुईमध्ये एक गीतमा सुरुवाती प्रस्तुति दिए । अस्ट्रेलिया तीन सहरमा रहेका नेपालीहरुलाई उनले मन रहे पो मायाप्रीति, दिलमाया दिलमाया, अब चोटहरुले, तिम्रो हाम्रो चिनारी, माया बस्यो मुटुमा, सनम माया लाको जस्ता लोकप्रिय गीतदेखि नयाँ गीत ‘राम पियारी’ र ‘टेण्डर मायाको’सम्मले झुमाए ।

लामो समयपछि अस्ट्रेलियामा कार्यक्रम गर्न पाउँदा खुसी लागेको यमले रातोपाटीलाई बताए । ‘‘लामो समयपछि अस्ट्रेलिया गइयो । बढ्दो नेपालीहरुको संख्यामाझ कलाकारको सम्मान र माया अझै बढेको महसुस गरें,’ उनले भने । कार्यक्रमको आयोजना पाल्पा इन्टरटेनमेन्टले गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण