माैसम पूर्वानुमान
यी दुई प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव, आज कस्तो रहला देशभरको मौसम ?
तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु
शनिबार, ०५ पुस २०८२, ०६ : १३
सारांश
- मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ।
- कर्णाली र सुदूरपश्चिमको पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली छ, भने अन्यत्र मौसम सफा छ।
- तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लागेको छ।
काठमाडौँ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रही अन्य भूभागमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ । देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण