मुग्लिन–पोखरा सडक विस्तार : पश्चिम खण्डको काम तीव्र गतिमा (तस्बिरहरू)
सारांश
- मुग्लिन-पोखरा सडक विस्तारको पश्चिम खण्डमा भौतिक प्रगति ६९.९६% र वित्तीय प्रगति ६५.२६% पुगेको छ।
- सडक खण्डको ३८ कि.मी. मा पहिलो तहको कालोपत्रे सम्पन्न भइसकेको छ, र निर्माण कम्पनीले काम समयमै नसकेपछि म्याद थपिएको छ।
- यस खण्डमा १२ पुलमध्ये ११ वटा बनिसकेका छन् भने एउटा निर्माणाधीन छ, र १०५ कल्भर्ट निर्माण सम्पन्न भएका छन्।
काठमाडौँ । मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम तीव्र गतिमा भइरहेको छ । हालसम्म यो खण्डको भौतिक प्रगति ६९.९६ प्रतिशत र वित्तीय प्रगति ६५.२६ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।
कुल ३८.७१ किलोमिटर रहेको यस सडक खण्डको हाल सम्म सम्पन्न गरिएको कार्य अन्तर्गत पुल बाहेक कुल ३८ कि.मी. खण्डमा प्रथम तहको कालोपत्रे कार्य सम्पन्न भई सकेको छ ।
_RXjtPS8rub.jpg)
यो परियोजना वि।सं २०७८ भदौमा सुरु भएको हो। ठेक्का म्याद आगामी पुससम्म कायम रहेको छ । तर, निर्माण कम्पनीले समयमा काम सम्पन्न नगरेपछि यसअघि दुईपटकसम्म म्याद थपिएको इन्जिनियर कुँवरले बताए । अहिले चिनियाँ निर्माण कम्पनी अनहुइ काइयुयान रोड एन्ड ब्रिज कन्स्ट्रक्सनले काम अघि बढाइरहेको छ ।
_PMD7C4BTyJ.jpg)
सडक विस्तारसँगै पुल र कल्भटको निर्माण पनि प्रायः सम्पन्न भइसकेको छ । पश्चिम खण्डमा पर्ने १२ पुलमध्ये ११ पुल निर्माण भइसकेका छन् भने एक पुल निर्माणाधीन छ । १०५ वटा कल्भटको निर्माण कार्य भने पूरा भइसकेको इन्जिनियर कुँवरले जानकारी दिए ।
_pWpewcC8Pt.jpg)
तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सम्पन्न भइसकेको छ भने कास्कीस्थित सेती नदीमा बन्ने पुल निर्माण चरणमा छ । सो पुलको भौतिक प्रगति ५३.४५ प्रतिशत र वित्तीय प्रगति ५१.६३ प्रतिशत पुगेको छ । तस्बिर : प्रकाश चन्द तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी
_fshkqcGpVx.jpg)
_4dbB8Zg9cf.jpg)
_Yq9oJY1VJk.jpg)
_Y4uIrpQMXn.jpg)
_D2cuD6K9L5.jpg)
_NVhg0uUBRu.jpg)
_qnhi3SGR5J.jpg)
_8PCrUyICw7.jpg)
_Ot1o7WHuF1.jpg)
_D3HhqzrFz5.jpg)
_qv3DYFZLXu.jpg)
_pwe9zznRy1.jpg)
_iCg2JUB9Jv.jpg)
_e2sfR1SWU8.jpg)
_h5qzZWKnKa.jpg)
_rBFFZbAzIL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण