नेपालगञ्जका सात वडा कार्यालय भवनविहीन
सारांश
- नेपालगञ्ज उपमहानगरपालिकाका सात वटा वडा कार्यालयहरू अझै पनि भाडाको घरबाट सेवा दिन बाध्य छन्।
- वडा कार्यालय भवन निर्माणका लागि बजेट व्यवस्थापन सुरु गरिएको छ र केही वडामा निर्माण कार्य भइरहेको छ।
- आगजनीका कारण उपमहानगरपालिकाको मुख्य भवनमा क्षति पुगेको छ, जसले सेवा प्रवाहमा चुनौती थपेको छ।
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका सातवटा वडा कार्यालयहरू अझै पनि आफ्नै भवन नहुँदा भाडाको घरबाट सेवा प्रवाह गर्न बाध्य छन्। उपमहानगरका वडा नम्बर ४, ५, ६, ७, ८, ९ र ११ ले लामो समयदेखि मासिक भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएका हुन्।
यस्तै वडा नम्बर १४ र २० सँग आफ्नै भवन भए पनि ती निकै जीर्ण अवस्थामा रहेका छन्। भवन अभावका कारण सेवाग्राही र कर्मचारी दुवैले सास्ती खेप्नुपरेपछि उपमहानगरपालिकाले अहिले व्यवस्थित भवन निर्माणको प्रक्रियालाई तीव्रता दिएको छ।
नगरप्रमुख प्रशान्त विष्टले आफ्नै भवन नभएका र जग्गा सुनिश्चित गरिसकेका वडाहरूमा भवन निर्माणका लागि बजेट व्यवस्थापन सुरु गरिएको बताएका छन्। उनका अनुसार हाल वडा नम्बर ६, ९, १४ र २० मा नयाँ कार्यालय भवन निर्माणको काम धमाधम भइरहेको छ।
यी भवन निर्माणका लागि उपमहानगरले प्रतिवडा २० लाख रुपैयाँका दरले बजेट समेत निकासा गरिसकेको छ। वडा नम्बर ९ का वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरी आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिने लक्ष्य रहेको जानकारी दिएका छन्।
केही समयअघि भएको 'जेनजी' आन्दोलनका क्रममा उपमहानगरपालिकाको मुख्य प्रशासनिक भवनमै आगजनी भएपछि अहिले केन्द्रको सेवा प्रवाहमा समेत चुनौती थपिएको छ। क्षतिग्रस्त भवन मर्मत नहुँदासम्म अस्थायी संरचना बनाएर महाशाखाहरू सञ्चालन गरिएको प्रवक्ता प्रमोद रिजालले बताएका छन्। उपमहानगरले आफ्ना सबै वडाहरूलाई आफ्नै भवनमा सार्ने योजना बनाए पनि सहरी क्षेत्रमा जग्गा प्राप्तिको समस्या मुख्य चुनौतीका रूपमा देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण