‘जनताले जिम्मा दिए गोरुजस्तै जोतिएर देशको सेवा गर्छु, प्रधानमन्त्री बन्ने चाहना छ’
सारांश
- विप्लवले आगामी निर्वाचनमा आफ्नो पार्टी चुनावी मैदानमा उत्रिने र प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरे।
- उनले देश बनाउन नयाँ उद्योगधन्दा चलाउने र काम गर्ने योजना रहेको बताए, तर चुनाव हुनेमा शंका व्यक्त गरे।
- विप्लवले सर्वपक्षीय अन्तरिम सरकार र प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गर्दै युवा पुस्तालाई साथ लिने बताए।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले देशको कार्यकारी प्रमुख भएर सेवा गर्ने आफ्नो चाहना रहेको खुलासा गरेका छन्।
काठमाडौंमा शनिबार आयोजित 'जेनजी' सँगको अन्तरक्रियामा बोल्दै उनले आगामी निर्वाचनमा आफ्नो पार्टी पनि चुनावी मैदानमा उत्रिने र जनताले विश्वास गरेमा प्रधानमन्त्री बनेर देशको मुहार फेर्ने संकल्प गरेका हुन्। विगतमा बन्दुक बोकेको, जेल बसेको र किताब पढेको अनुभव सुनाउँदै उनले अब नयाँ उद्योगधन्दा चलाएर र काम गरेर देश बनाउने योजना रहेको बताए।
‘यो देशलाई राम्रो बनाउने हाम्रो सपना छ । हामीले बन्दुक पनि बोक्यौ,जेल पनि गयौँ,किताव पनि पढ्यौँ । अहिले नयाँ उद्योगधन्दा पनि चलाउँछौँ, काम गर्छौँ । यदी नेपालका किसान,मजदुर, बद्धिजिवी, व्यापारी, मध्यम वर्गले, शहरले, गाउँले हामीलाई मौका दिनुहुन्छ भने तिमीहरु एक चोटी गरेर देखाउ न भनेर तपाईहरुले जिम्मा दिनुहुन्छ भने एकचोटी यो देशको प्रधानमन्त्री भएर, कार्यकारी प्रमुख भएर गोरु जस्तो जोतेर देशको सेवा गर्ने चाहना पनि नेकपा माओवादीको छ,यो हामी गर्छौँ,’ उनले भने ।
महासचिव विप्लवले आगामी फागुन २१ का लागि तय गरिएको निर्वाचन हुनेमा भने गम्भीर शंका व्यक्त गरेका छन्। सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले निर्वाचन गराउने कुरामा कसैको विश्वास नरहेको टिप्पणी गर्दै उनले प्रहरी र कर्मचारीको खस्किएको मनोबल, लुटिएका हतियार फिर्ता नहुनु र राज्यसँग रकमको अभाव जस्ता कारणले चुनाव अनिश्चित रहेको दाबी गरे।
आन्दोलनका क्रममा प्रहरीमाथि भएको हिंसाले उनीहरूको मनोबल गिरेको र १६ सय हतियार अझै फिर्ता नभएको भन्दै यस्तो अवस्थामा शान्तिपूर्ण निर्वाचन चुनौतीपूर्ण रहेको उनको तर्क छ।
मुलुकको निकासका लागि सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने विप्लवको माग छ। 'जेनजी' पुस्ताले पनि प्रत्यक्ष निर्वाचित कार्यकारी नै खोजेको भन्दै उनले नयाँ शक्तिहरूको उदय हुनुपर्ने समयमा पुराना शक्तिहरू सलबलाउन थालेकोमा चिन्ता जनाए। वर्तमान सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने युवाहरूको माग पूरा गर्न नसकेको आरोप लगाउँदै उनले अबको निर्वाचनमा युवा पुस्तालाई साथै लिएर देशभरि अपील गर्ने र परिवर्तनको नेतृत्व लिने उद्घोष गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण