‘पाँच वर्ष रोएर बस्नुभन्दा अहिले नै विवेक प्रयोग गरौँ, युवालाई नेतृत्वमा पुर्याऔँ’
सारांश
- मन्त्री खरेलले आगामी निर्वाचनमा सक्षम प्रतिनिधि छनोट गर्न आग्रह गरे।
- उनले युवा पुस्ताबाट नेतृत्व खोज्न र राम्रो व्यक्तिलाई जिताउन अपिल गरे।
- भ्रष्टाचार नियन्त्रणका लागि सरकारले चालेका कदमबारे जानकारी गराए।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा देशलाई सही दिशा दिन सक्ने सक्षम प्रतिनिधि चयन गर्न आम नागरिकलाई आग्रह गरेका छन्। शनिबार नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले गलत व्यक्तिलाई भोट दिएर पाँच वर्ष पछुताउनुभन्दा समयमै विवेक पुर्याएर योग्य उम्मेदवार छान्नुपर्नेमा जोड दिएका हुन् ।
देशले अहिले परिवर्तन खोजिरहेको भन्दै उनले युवा पुस्ताबाटै नेतृत्व खोज्न र जुनसुकै पार्टीको भए पनि राम्रो व्यक्तिलाई जिताउन अपिल गरे। वर्तमान सरकार छोटो समयका लागि र मुख्य गरी निर्वाचन गराउने म्यान्डेटका साथ गठन भएको भए पनि सुशासन र भ्रष्टाचार अन्त्यमा गम्भीर भएर लागेको मन्त्री खरेलको दाबी छ।
पछिल्लो तीन महिनाको अवधिमा ३० भन्दा बढी ठूला भ्रष्टाचारका मुद्दाहरू अदालत पुगेको र ८ जनाभन्दा बढी पूर्वमन्त्रीहरू अनुसन्धानको दायरामा आएको उनले जानकारी दिए। भ्रष्टाचारको अनुसन्धानमा सरकारले कुनै पनि किसिमको दबाब वा हस्तक्षेप नगर्ने स्पष्ट पार्दै उनले दोषी जोसुकै भए पनि कानुनी कठघरामा उभ्याइने बताए।
मन्त्री खरेलले मुलुकको सुदृढीकरणका लागि सुशासन अनिवार्य सर्त भएको उल्लेख गर्दै सरकारले आफ्ना कामहरू पारदर्शी र प्रभावकारी बनाउँदै लगेको धारणा राखे। आगामी निर्वाचनलाई निष्पक्ष र उत्साहजनक रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको भन्दै उनले सक्षम नेतृत्व चयन गरेर मात्रै देशको भविष्य सुरक्षित गर्न सकिने कुरामा पुनः जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण