बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

साफ महिला क्लब च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

शनिबार, ०५ पुस २०८२, १९ : ३०
शनिबार, ०५ पुस २०८२

काठमाडौँ । साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपालको एपीएफ क्लब पराजित भएको छ । 

नेपालको लिग च्याम्पियन टोली एपीएफ भारतको लिग च्याम्पियन इस्ट बंगलासँग ३–० गोल अन्तरले पराजित हुन पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु भएको खेलमा नेपालले पहिलो हाफमा २ तथा दोस्रो हाफमा थप एक गोल बेहोर्‍यो । 

इस्ट बंगालकी कप्तान फजिला इक्वापुटले दुई गोल प्रहार गरिन् । ८ हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको खेलमा घरेलु टोली एपीएफले गोलका लागि खासै अवसर सिर्जना गर्न सकेन । इस्ट बंगालका लागि सिल्की देवी हेनानले एक गोल थपिन् । 

दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासका लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो, जहाँ नेपाल र भारतसहित दक्षिण एसियाका पाँच राष्ट्रका क्लबहरू सहभागी थिए ।

नेपालको एपीएफ र भारतको इस्ट बंगला शीर्ष दुई स्थानमा रहँदै फाइनल पुगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप