‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरूले पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउन निरन्तर भूमिका निर्वाह गर्ने बताएका छन् ।
पार्टीको ११औँ महाधिवेशनमा अध्यक्षका प्रत्याशी ईश्वर पोखरेल पक्षको समीक्षा भेलामा आज यहाँ नेताहरूले पार्टीमा नेतृत्व हस्तान्तरण, जनताको बहुदलीय जनवाद (जबज) को आधारमा पार्टी निर्माणलगायत विषयमा आवाज उठाउँदै पार्टीलाई थप सुदृढ बनाउन लाग्ने बताएका हुन् ।
भेलामा नेतृ अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायतले महाधिवेशनमा आएको मतपरिणामका कारण विचलित नहुने, पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास, पुनर्गठनलगायत मुद्दालाई विधानभित्र रहेर निरन्तर उठाउने बताए ।
भेलाले महाधिवेशनबारे विभिन्न कोणबाट छलफल भएको र देशव्यापी समीक्षा गर्ने निर्णयसमेत गरेको उपसहासचिव योगेश भट्टराईले जानकारी दिए । उनले भने, 'भेलामा महाधिवेशनको घोषणा भएसँगै भएका गतिनिधिबारे समीक्षा भएको छ, प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनसम्म भएका क्रियाकलापबारे छलफल भएको छ । कतिपय सन्दर्भमा लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको र पार्टी संरचनाको दुरुपयोग भएको विषय पनि उठेका छन् । यी सबै विषयमा नेताहरूले विभिन्न कोणबाट कुरा राख्नुभएको छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्रलाई प्रदेश सांसदले भनेः कर्णालीबाट संघमा हुने सांसदहरूले केही पनि योगदान गरेनन्
-
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा विशेष अदालतबाट दोषी ठहर
-
टेरामक्स खरिद प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ
-
राक्सिराङले ल्यायो ६५ करोड ३१ लाखको बजेट
-
१० वर्षीय बालक हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ
-
ब्राजिललाई भारी परे हालान्ड, स्पेन र पोर्चुगलमा कुन बलियो ? (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण