कर्णाली सरकारको खातामा अझै २९ अर्बभन्दा बढी बजेट मौज्दात
सारांश
- कर्णाली सरकारको खातामा आर्थिक वर्ष २०८२/८३ को पाँच महिना बित्दा २९ अर्बभन्दा बढी बजेट मौज्दात रहेको छ।
- कर्णाली सरकारले ५ महिनामा जम्मा ९.८७ प्रतिशत अर्थात् ३ अर्ब २५ करोड ६७ लाख रुपैयाँ मात्र खर्च गरेको छ।
- पुँजीगत बजेटको खर्च ४.३६ प्रतिशत मात्रै छ, जसले गर्दा विकास निर्माणका कामहरू प्रभावित भएका छन्।
सुर्खेत । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना बितिसक्दा कर्णाली सरकारको खातामा अझै २९ अर्ब भन्दा बढी बजेट मौज्दात रहेको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार सरकारको ढुकुटीमा अझै २९ अर्ब ७३ करोड ९९ लाख ५२ हजार ७१९ रुपैयाँ मौज्दात रहेको हो । यो तथ्यांक चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्मको हो ।
३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँ वार्षिक बजेट रहेको कर्णाली सरकारले ५ महिनाको अवधिमा जम्मा ९.८७ प्रतिशत अर्थात् ३ अर्ब २५ करोड ६७ लाख रुपैयाँ बराबर रकम मात्रै खर्च भएको छ ।
विकास निर्माणसँग प्रत्यक्ष जोडिने पुँजीगत बजेटको खर्च अवस्था त झनै निराशाजनक छ । पुँजीगततर्फ कुल १९ अर्ब ९८ करोड २७ लाख १३ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा मङ्सिर मसान्तसम्म जम्मा ८७ करोड ९ लाख १७ हजार २०७ रुपैयाँ खर्च भएको छ । यो कुल पुँजीगत बजेटको जम्मा ४.३६ प्रतिशत मात्रै हो ।
यता चालु (प्रशासनिक) तर्फ भने १२ अर्ब ३९ करोड ८९ लाख ४२ हजार रुपैयाँ बजेट रहेकोमा २ अर्ब ३८ करोड ५७ लाख ८५ हजार अर्थात् १९.२४ प्रतिशत खर्च भएको छ ।
सरकारी ढुकुटीमा अर्बौं रकम थन्किरहँदा विकास निर्माणका कामहरू भने प्रभावित भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण