स्थापनाको १३ वर्षपछि आईपीओ ल्याउँदै सालपा विकास बैंक
काठमाडौँ । एक जिल्ला कार्यक्षेत्र भएको सालपा विकास बैंककाे आईपीओ पुस १६ गतेदेखि सुरु हुने भएको छ । बैंकले दोस्रो चरणमा उक्त दिनदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।
बैंकले आफ्नो जारी पुँजीको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । हाल ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको जारी पुँजी रहेको बैंकको यो निष्कासनसँगै ६९ करोड ४७ लाख रुपैयाँ बराबरको चुक्ता पुँजी कायम हुनेछ ।
बैंकले पहिलो चरणमा विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि १ लाख ७२ हजार ३८८ कित्ता तथा सामूहिक लगानी कोषका लगानीकर्ताका लागि ८६ लाख १९४ कित्ता नि बाँडफाँट गरिसकेको छ।
दोस्रो चरणमा बैंकले २६ हजार ११९ कित्ता सेयर बैंकका कर्मचारीलाई सुरक्षित राखी बाँकी रहने १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो।
सो आईपीओमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि पुस ३० गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।
सालपा विकास बैंक निजी क्षेत्रबाट सञ्चालित एक मात्र आईपीओ निष्कासन गर्न बाँकी वित्तीय संस्थाको रुपमा रहेको छ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकबाहेक सबै लाइसेन्सप्राप्त बैंकको आईपीओ निष्कासन पूरा हुनेछ । उक्त बैंक २०६९ सालमा स्थापना भएको थियो । स्थापनाको १३ वर्षपछि बैंकले आईपीओ ल्याउन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण