सान फ्रान्सिस्कोमा विद्युत सेवा अवरुद्ध, एक लाख घर व्यवसाय प्रभावित
आइतबार, ०६ पुस २०८२, १२ : १८
अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा शनिबार ठूलो मात्रामा विद्युत अवरोध देखापरेको छ । यसबाट करिब एक लाख ३० हजार घर र व्यवसायहरू प्रभावित भएका छन् । जुन सहरमा सेवा दिने मुख्य विद्युत कम्पनी ‘प्यसिफिक ग्यास एण्ड इलेक्ट्रिक’का ग्राहकहरूको करिब एक तिहाइ हो ।
सान फ्रान्सिस्को दमकल विभागका अनुसार, शनिबार दिउँसो शहरको विद्युत उपकेन्द्रमा आगो लागेको थियो, जसले केही क्षेत्रमा विद्युत अवरोध सिर्जना गरेको हो ।
विद्युत कम्पनीका प्रवक्ताले आइतबार बिहानसम्म पनि शहरका कुनै भागमा विद्युत सेवा कहिले पुनःसञ्चालित हुने निश्चित नभएको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण