सुशीला कार्की नेतृत्वको सरकारले नैतिकता गुमायाे : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले सुशीला कार्की नेतृत्वको सरकारले नैतिकता गुमाएको बताएका छन् ।
जेनजीको नाममा अहिलेको सरकार बनेको भन्दै बस्नेतले जेनजी नै आन्दोलनमा उत्रिएपछि सरकाको नैतिक हैसियत सकिएको बताए ।
'जेनजीको नाममा बनेको यो सरकारले अब नैतिकता गुमाएको छ र दलहरू सहित सर्वपक्षीय पहलबाट मात्र जेनजीको समस्या समाधान र मुलुकको निकास सम्भव छ’, उनले भने ।
जेनजी आन्दोलनका अगुवा मिराज ढुङ्गानाको नेतृत्वमा युवा समूहले प्रधानमन्त्री सुशीला कार्कीको सरकारलाई अपदस्त गरेर सर्वपक्षीय सरकार बनाउन माग गर्दै आन्दोलन संस्थागत गरेका बताउँदै बस्नेतले अब सुशीला कार्कीले सत्ता छाड्नु पर्ने उल्लेख गरे ।
मिराज ढुङ्गानाको नेतृत्वमा रहेको जेनजी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेनजी’ आन्दोलन घोषणा गरेको छ । आन्दोलनको पहिलो कार्यक्रम स्वरूप भोलि बिहान ११ बजे माइतीघर मण्डलामा भेला हुन आव्हान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण