‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टोली तयारीका क्रममा विशेष प्रशिक्षण गरिएको छ । खेलाडी तथा प्रशिक्षकका लागि आज यहाँ तीन विषयको कक्षा सञ्चालन गरिएको छ ।
सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिसरमा रहेको ओडिटोरियम हलमा भएको कार्यक्रममा सहभागीलाई एन्टी डोपिङ, स्पोट्र्स इन्जुरी एन्ड प्रिभेन्सी र खेल पोषणसम्बन्धी जानकारी दिइएको थियो ।
डा ज्ञानेन्द्रविक्रम शाहले एन्टी डोपिङ, डा भद्र हमालले स्पोट्र्स इन्जुरी एन्ड प्रिभेन्सी र सृष्टि श्रेष्ठले खेल पोषणसम्बन्धी कक्षा सञ्चालन गरेका थिए ।
जापानको आइची–नागोयामा हुने आसन्न २० औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्यसाथ राखेपले पारा तेक्वान्दोसहित विभिन्न ११ खेलको विशेष प्रशिक्षण सञ्चालन गरिरहेको छ ।
प्रशिक्षणमा १२० खेलाडी तथा २० प्रशिक्षक समावेश रहेका राष्ट्रिय टोली तयारीका लागि गठित समितिका उपनिर्देशक दीपक श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण