दृष्टिविहीनलाई आधारभूत कम्प्युटर तालिम
सोमबार, ०७ पुस २०८२, ०१ : ११
सारांश
- ताप्लेजुङमा नेत्रहीन सङ्घले दृष्टिबिहीनलाई कम्प्युटर तालिम दिँदैछ।
- तालिमको उद्देश्य दृष्टिबिहीनलाई आत्मनिर्भर बनाउनु हो, जसमा १० जना सहभागी छन् ।
- यो तालिम माघ २० गतेसम्म चल्नेछ र आधुनिक प्रविधिमा पहुँच बढाउने लक्ष्य छ।
ताप्लेजुङ । नेत्रहीन सङ्घ ताप्लेजुङले दृष्टिविहीनलाई प्रविधिमा दक्ष बनाउन फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा आधारभूत कम्प्युटर तालिम सञ्चालन गरेको छ ।
दृष्टिविहीनलाई कम्प्युटर शिक्षा प्रदान गरी उनीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको सङ्घका अध्यक्ष नरसिंह लिम्बूले बताए । तालिममा १० दृष्टिविहीन सहभागी छन् । तालिमको सहजीकरण प्रशिक्षक सुजता लिम्बूले गर्दै आएकी छिन् ।
सङ्घका अध्यक्ष लिम्बूका अनुसार, उक्त तालिम आगामी माघ २० गतेसम्म सञ्चालन हुनेछ । तालिमपछि दृष्टिविहीनलाई आधुनिक प्रविधिको पहुँच र प्रयोगमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण