बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फागुन २१ को निर्वाचन: आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै

सोमबार, ०७ पुस २०८२, ०८ : ५९
सोमबार, ०७ पुस २०८२

सारांश

  • निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको निर्वाचनबारे छलफल गर्दैछ।
  • बैठकमा प्रधानमन्त्री र दलका प्रतिनिधिहरूलाई बोलाइएको छ, सरकारको तदारुकता नदेखाएकोमा दलहरूको संशय छ।
  • आयोगले निर्वाचनको तयारी, सुरक्षा प्रबन्ध, र कानुनी पक्षबारे जानकारी गराउनेछ।

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र वातावरणबारे आज निर्णायक छलफल गर्दैछ। 

दिउँसो १ बजे हुने भनिएको उक्त बैठकमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाइएको छ। सरकारले निर्वाचनको मिति घोषणा गरे पनि कार्यान्वयनमा तदारुकता नदेखाएको भन्दै दलहरूले संशय व्यक्त गरिरहेका बेला आयोगले यो पहल थालेको हो।

विशेषगरी अन्तरिम सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक वृत्तमा भने अझै अन्योल कायमै देखिन्छ। दलहरूले सरकार निर्वाचन टार्ने दाउमा रहेको आरोप लगाउँदै आएका छन् र समयमै मतदान हुनुपर्ने अडानमा छन्। यस्तो तिक्ततापूर्ण माहौलबिच हुन लागेको आजको छलफलमा आयोगले हालसम्मको आफ्नो तयारी, आवश्यक सुरक्षा प्रबन्ध र प्राविधिक पक्षबारे जानकारी गराउने बुझिएको छ।

बैठकमा प्रतिनिधि सभा निर्वाचनसँगै राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका र कानुनी जटिलताबारे पनि गम्भीर विमर्श हुनेछ। आयोगले निर्वाचन सफल पार्न सरकार र राजनीतिक दल दुवैको पूर्ण सहयोग खोजेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप