नागरिक लगानी कोषले घोषणा गर्यो १३ प्रतिशत लाभांश
सोमबार, ०७ पुस २०८२, १० : ०९
सारांश
- नागरिक लगानी कोषले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ।
- कोषले ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश दिने भएको छ।
- साधारण सभाबाट पारित भएपछि ८४ करोड १३ लाख रुपैयाँ बराबरको लाभांश वितरण हुनेछ।
काठमाडौँ । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कोष सञ्चालक समितिको आइतबार साँझ बसेको बैठकले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको हो ।
यस अनुसार कोषले ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश दिनेछ । उक्त लाभांश साधारण सभाबाट पारित भएपछि वितरण हुने कोष सञ्चालक समितिका सचिव नवराज खड्काले जानकारी दिए ।
कोषसँग हाल ६ अर्ब ४८ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ । घोषित लाभांश अनुसार ८४ करोड १३ लाख रुपैयाँ बराबरको लाभांश वितरण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण