अमेरिका पठाउने लोभ देखाएर ठगी
सोमबार, ०७ पुस २०८२, १२ : १६
सारांश
- प्रहरीले अमेरिका पठाइदिने भन्दै रकम ठगी गर्ने एक युवकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा धादिङका सुजन आले मगर रहेका छन्, उनलाई भद्रकालीबाट पक्राउ गरिएको हो।
- मगरले एक व्यक्तिबाट अमेरिका पठाउने नाममा २ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आरोप छ।
काठमाडौँ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने र त्यहाँ आकर्षक तलब दिलाउने प्रलोभनमा पारेर रकम ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–१३ घर भई हाल ललितपुर महानगरपालिका–४ बस्ने २४ वर्षीय सुजन आले मगर रहेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले काठमाडौँको भद्रकाली क्षेत्रबाट आइतबार पक्राउ गरेको हो।
सुजनले एक पीडितलाई अमेरिका पठाउने आश देखाएर दुई लाख ५५ हजार रुपैयाँ असुलेको र रकम लिएपछि सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो। पीडितको उजुरीका आधारमा खटिएको विशेष टोलीले उनलाई नियन्त्रणमा लिन सफल भएको हो।
पक्राउ परेका मगरलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण