पाँच महिनामा देशको व्यापार घाटा नाघ्यो ६ खर्ब ४९ अर्ब, कति छ आयात निर्यात ?
सारांश
- चालु आर्थिक वर्षको पाँच महिनामा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि भएको छ, निर्यात ५८ प्रतिशतले बढेको छ।
- यस अवधिमा आयातमा १५.८३ प्रतिशतले वृद्धि हुँदा व्यापार घाटा १०.५२ प्रतिशतले बढेर ६ खर्ब ४९ अर्ब पुगेको छ।
- निर्यात बढे पनि आयात उच्च हुँदा व्यापार घाटा कायमै रहेको छ भने आयात–निर्यात अनुपात घटेको छ।
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (साउन–मङ्सिर) मा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क यस अवधिमा निर्यातमा ५८ प्रतिशतको वृद्धि रहेको छ भने आयातमा पनि १५.८३ प्रतिशतको वृद्धि भएको छ ।
विभागकाअनुसार चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा नेपालले १ खर्ब १६ अर्ब ५० करोड ९० लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँको मात्र निर्यात भएको थियो । यो अघिल्लो वर्षको तुलनामा ५८.१७ प्रतिशतको वृद्धि हो ।
यस्तै सोह चालु आर्तिक वर्षको ५ महिनामा ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्ष ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यो अघिल्लो वर्षको तुलनामा १५.८३ प्रतिशतले बढी हो ।
निर्यातमा उल्लेख्य वृद्धि भए पनि उच्च आयातका कारण मुलुकको व्यापार घाटा भने कायमै छ । पाँच महिनामा व्यापार घाटा १०.५२ प्रतिशतले बढेर ६ खर्ब ४९ अर्ब ६८ करोड १ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख रुपैयाँ थियो।
आयात–निर्यात अनुपात अघिल्लो वर्ष ८.९८ रहेको आयात–निर्यात अनुपात घटेर यस वर्ष ६.५८ मा झरेको छ । निर्यातको हिस्सा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १०.०२ प्रतिशतबाट बढेर १३.२० प्रतिशत पुगेको छ ।
मुलुकको कुल वैदेशिक व्यापार २०.०७ प्रतिशतले बढेर ८ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण