सेयर बजारमा दोहोरो अङ्कको गिरावट, साढे ३ अर्बको कारोबार
काठमाडौँ । साताको कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १३.८८ अङ्कले घटेर २५८१.२१ विन्दुमा ओर्लिएको छ ।
बजारमा कुल ३३२ कम्पनीका ९१ लाख ६७ हजार कित्ता सेयर ६५ हजार ३१२ पटक खरिदबिक्री भएका छन् । यसबाट कुल ३ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । नेप्सेका अनुसार आज २०० कम्पनीको सेयर मूल्य घटेको छ भने ५४ कम्पनीको मूल्य बढेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएन ।
बजारमा आज ट्रेडिङ बाहेक सबै समूहका सूचकमा गिरावट आएको छ । होटल तथा जीवन बीमा कम्पनी समूह एक प्रतिशत बढीले घटेको छ ।
बजार समग्रमा घटे पनि केही कम्पनीको मूल्यमा भने उल्लेख्य वृद्धि देखिएको छ । एसवाई प्यानलको सेयर मूल्यमा ९.९९ प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै सिटिजन्स बैंक डिबेन्चर ६.०१ प्रतिशत र कुमारी बैंक डिबेन्चर ५.९२ प्रतिशतले बढेका छन् । बजारमा मानुषी लघुवित्तको सेयर सबैभन्दा धेरै ६.८४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रह्यो । यस बैंकको १० करोड ३० लाख ८९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड २६ लाख, मञ्जुश्री फाइनान्सको ७ करोड ३९ लाख र हिमालयन हाइड्रोपावरको ७ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण