ओलीलाई रविको जवाफ : गुन तिर्न आएको छु
सारांश
- रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले गुन लगाएको र त्यसैको प्रतिफल स्वरूप अदालतमा तारिख बुझ्न आएको बताए।
- ओलीकै कारण सात जिल्ला अदालतमा तारिख बुझ्नुपरेको र यसले आफूलाई असहज बनाएको उनको भनाइ छ।
- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा धरौटी बुझाएर रिहा भएका लामिछानेको विभिन्न जिल्ला अदालतमा मुद्दा चलिरहेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पूर्वप्रधानमन्त्री केपी ओलीले लगाएको गुन तिर्न आएको जवाफ दिएका छन् । काठमाडौँ जिल्ला अदालतमा सोमबार मुद्दाको तारिख बुझ्न गएका उनले ओलीको गुन तिर्न आएको बताएका हुन् । ओलीले आइतबार एक टेलिभिजन अन्तरवार्तामा आफूले रविलाई गुन लगाएको तर गुन बिर्सिएर त्यतिकै रिसिइबी लिएको बताए ।
‘केपी ओलीजीले गुन लगाएको भन्नु भएको छ । खुब गुन लगाउनुभएको छ । उहाँले लगाएको गुन तिर्न आएको छु’, अदालत परिसरमा सञ्चारकर्मीसँग उनले भने ।
ओलीकै कारण सातवटा जिल्ला अदालतमा एक हप्ताभित्र तारिख बुझ्नुपर्ने बाध्यता भएको उनले बताए । मुद्दाका कारण जिउमा ठाउँ ठाउँमा किला ठोकेको जस्तै भएको रविले गुनासो पोखे ।
उनले भने– ‘सबै जिल्लामा सातै दिन म जानुपर्नेछ । जिउमा ठाउँ ठाउँमा किला ठोकेको जस्तो भा’छ । आज यहाँ आएँ । अब सात दिनभित्र सबै अदालतमा गएर मैले हाजिरी गर्नुपर्ने हुन्छ । तारिक अर्काले लिइसकेको होला, त्यो मिलाउनुपर्ने हुन्छ । दौडादौड यस्तै चलिराखेको छ । विष शरीरभरि अझै बाँकी नै छ । अन्य जिल्लातिर पनि जानु छ । त्यसको तयारी गरेको छु ।’
ओली नेतृत्वको नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको तत्कालीन गठबन्धन सरकारले रविमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लगाएको थियो । उच्च अदालत बुटवल इजलासको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका उनी सोही अदालतको आदेशमा गत शुक्रबार २ करोड ६८ लाख धरौटी बुझाएर रिहा भएका थिए । रविको काठमाडौँ, कास्की, चितवन, रुपन्देही र पर्सा जिल्ला अदालतमा मुद्दा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण