सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री
रौतहट । रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरुलाई एक संस्थाले आगो निभाउनमा उपयोग गरिने सामग्री उपलब्ध गराएको छ ।
साेमबार चन्द्रनिगाहपुरमा ग्रामीण विकास केन्द्र नामक संस्थाले ११ वटा सामुदायिक वन उपभोक्ता समूहहरुलाई ती सामग्री हस्तान्तरण गरेको हो ।
जलवायु जोखिम तथा सङ्कटका लागि सामुदायिक उत्थानशील परियोजनाअन्तर्गत अक्सफाम नेपालको सहयोगमा ती सामुदायिक वन उपभोक्ता समूहहरुलाई आगो निभाउने सामग्री हस्तान्तरण गरिएको आयोजक ग्रामीण विकास केन्द्रका अध्यक्ष डा. पारस हुसेनले जानकारी दिए ।
प्रत्येक सामुदायिक वन उपभोक्ता समूहहरुलाई बेल्चा, टर्च, भ्याटभ्याटे, रेक, बाल्टिन, हेल्मेट, पञ्जा, ट्रक पेटी गरी करिब ५० हजार मूल्य बराबरको सामान हस्तान्तरण गरेको जलवायु जोखिमका लागि सामुदायिक उत्थानशील परियोजनाका कार्यक्रम संयोजक चिरञ्जिबी महतोले जानकारी दिए।
सामग्री बुझ्दै सखुवानी सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर–२ का अध्यक्ष भीमबहादुर केसीले आफ्नो वन क्षेत्रमा लागेको आगो निभाउन यी सामग्रीले ठूलो सहयोग पुग्ने बताए ।
चैत/वैशाखमा सामुदायिक वनहरुमा डढेलो लाग्ने भएकाले अहिले नै पूर्वतयारीका रुपमा सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उरुग्वेविरुद्ध पहिलो हाफमा साउदी अरबको १–० को अग्रता
-
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
-
धौलागिरि प्रादेशिक अस्पतालमा डायलिसिस गर्न पालो कुर्नु नपर्ने
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण