रवि–बालेन भेटवार्तापछि असिम शाहले भने ‘कथाको सुखद सुरुवात’
सारांश
- रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन शाहबीचको भेटवार्ता सकारात्मक रह्यो।
- भेटवार्ता करिब ५ घण्टा कमलपोखरीमा चल्यो, जसमा दुवै पक्षका नेताहरूको सहभागिता थियो।
- असिम शाहले यो भेटलाई 'कथाको सुखद सुरुवात' को संज्ञा दिएका छन् र देशको आशाको मिलन भनेका छन्।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबिच भएको भेटवार्तापछि सकारात्मक प्रतिक्रिया सार्वजनिक भएको छ । रास्वपाका केन्द्रीय सदस्य असिम शाहले वार्तालाई ‘कथाको सुखद सुरुवात’ को भएको बताएका हुन् ।
करिब ५ घण्टासम्म चलेको वार्ता लगत्तै मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै शाहले लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’
सोमबार राति रास्वपा सभापति लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख शाहबिच कमलपोखरीस्थित असिम शाहकै घरमा लामो भेटवार्ता भएको थियो । स्रोतका अनुसार करिब पाँच घण्टा चलेको छलफल सोमबार साँझ ८ बजेदेखि मंगलबार बिहान १ बजेसम्म निरन्तर भएको हो ।
भेटवार्तामा रास्वपाको तर्फबाट सभापति रवि लामिछानेसँगै उपसभापति डिपी अर्याल सहभागी थिए भने बालेन समूहबाट मेयर बालेन शाहसहित वार्ता समिति संयोजक कुमार बेन उपस्थित थिए ।
वार्तापछि सभापति लामिछाने र मेयर शाह एउटै गाडीमा बैठकस्थलबाट बाहिरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण