फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक
सारांश
- यम शेर्पा निर्देशित फिल्म 'मिरमिरे' माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ।
- फिल्ममा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखुको मुख्य भूमिका रहेको छ, जुन त्रिकोणात्मक प्रेम कथामा आधारित छ।
- फिल्मको प्रचारका लागि 'मिरमिरे भो' बोलको गीत सार्वजनिक गरिएको छ, जसमा प्रकाश सपुत र मेलिना राईको स्वर रहेको छ।
काठमाडौँ । यम शेर्पा निर्देशित फिल्म हो, ‘मिरमिरे’ । दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखुको मुख्य भूमिका रहेको फिल्म त्रिकोणात्मक प्रेम कथामा बनेको हो ।
माघ १ गतेबाट प्रदर्शनमा आउने तयारी रहेको फिल्म यतिबेला प्रचार प्रसारमा छ । फिल्मको थप प्रचारलाई अगाडि बढाउन निर्माण युनिटले फिल्मको शीर्ष गीत ‘मिरमिरे भो’ सार्वजनिक गरेको छ । जसमा फिल्मका कलाकार समेत रहेका प्रकाश सपुत र गायिका मेलिना राईको स्वर छ । गीतको शब्द तथा संगीत पनि प्रकाश सपूतकै हो ।
युवा र युवतीबिचको प्रेम व्यक्त गीतले युवकको हेराइले युवतीमा पारेको प्रभाव र युवतीको सुन्दरताको बयान छ । गीतको भिडियोमा फिल्मका कलाकार दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु देखिएका छन् ।
फिल्ममा दयाहाङ, प्रकाश, सिर्जनाको अलवा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल मुख्य भुमिकामा छन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । फिल्मको कार्यकारी निर्मातामा वितरक रोहित कट्टेल रहेका छन् । फिल्मको वितरण आरआर फिल्मले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण