एप्स्टाइन फाइल्समा बिल क्लिन्टनलाई देख्दा दु:ख लाग्याे: ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एपस्टाइन फाइल सार्वजनिक भएपछि निर्दोष व्यक्तिहरू बदनाम भएको बताए।
- ट्रम्पले पूर्व राष्ट्रपति बिल क्लिन्टनसँगको सम्बन्धबारे टिप्पणी गर्दै आफूलाई दुःख लागेको बताए।
- उनले एपस्टाइनसँग सम्बन्धित व्यक्तिहरूले केही गलत नगरे पनि बदनाम भएको गुनासो गरे।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एपस्टाइन फाइल सार्वजनिक भएपछि जेफ्री एप्स्टाइनलाई भेटेकाे र निर्दोष रहेकाहरूलाई समेत बदनाम गरिएको बताएका छन् ।
अमेरिकी न्याय विभागले कुख्यात यौन तस्कर जेफ्री एप्स्टाइनसँग सम्बन्धित कागजातहरू र तस्बिरहरू जारी गरेपछि यी फाइलमा ठुला व्यापारी, राजनीतिज्ञ र फिल्म स्टारहरूको तस्बिरहरू देखिएको सन्दर्भमा सोमबार ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन । एप्स्टाइन विवाद उनको सरकारको उल्लेखनीय उपलब्धिहरूबाट ध्यान भङ्ग गर्न सिर्जना गरिएको फ्लोरिडा स्थित आफ्नो रिसोर्ट मार-ए-लागोमा मिडियासँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने ।
एप्स्टाइन फाइल्समा जारी गरिएका तस्बिरहरूमा पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनका पनि धेरै तस्बिर छन्। यसबारे प्रश्न गर्दा ट्रम्पले भने, "मलाई बिल क्लिन्टन मन पर्छ। बिल क्लिन्टनका यी तस्बिरहरू देखेर म दुःखी छु। त्यहाँ मेरो पनि तस्बिरहरू छन्, किनकि हामी सबै यो मानिस (एप्स्टिन) सँग धेरै नजिक थियौं।" उनले अझ अगाडि भने, "बिल क्लिन्टन एक अनुभवी मानिस हुन् र यो सबै सम्हाल्न सक्छन्, तर यो सही होइन," ।
जेफ्री एस्पस्टाइनसँग नजिक भएको र उनका पार्टीहरूमा सहभागी भएका मानिसहरूले केही गलत नगरेको अनि तिनीहरू सम्मानित मानिस भएपनि फाइल सार्वजनिक भएपछि तिनीहरूको बदनाम भइरहेको ट्रम्पले भने । आफूले केहि गल्ती नगरेको भएपनि बदनाम गरेपछि धेरै मानिस रिसाएको पनि उनेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण