झलनाथपत्नी रविलक्ष्मी चित्रकार भन्छिन्- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
काठमाडौँ । जेनजी आन्दोलनका नाममा निवासमा आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले दोषीहरूमाथि कडा कारबाहीको माग गरेकी छन् । चित्रकारले घटनालाई हिटलरको ग्यास च्याम्बरसँग तुलना गर्दै जेनजीको अवोध मुखुण्डो लगाएर देश विध्वंश गर्नेहरूलाई सरकारले छिट्टै पहिचान गरी सजाय दिनुपर्ने बताएकी हुन् ।
भारतमा उपचारपछि स्वदेश फर्किने क्रममा सोमबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चित्रकारले जेनजीको अवोधपनको मुखुण्डो ओढेर देशलाई नष्ट गरिएको बताइन् । सरकारले उनीहरुलाई तत्काल पहिचान गरी कारबाही गर्न माग गरिन् ।
उनले भनिन्, ‘मैले कितावमा पढेको थिएँ, हिटलरको ग्यास च्याम्बर । त्यो ग्यास च्याम्बर म आफैँ परेँ र आज यो गति भयो । जेनजी भाइबहिनीहरुको अवोधपनको मखुण्डो ओढेर जुन देशलाई नष्ट पार्न खोजे उनीहरुलाई यो सरकारले छिटै चिनेर कारबाही गर्नुपर्छ । मेरो यही माग छ ।’ उनी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी हुन् ।
खनालले पनि पीडा व्यक्त गर्दै उपचार प्रक्रिया अझै पूरा नभएको बताए । उपचारको प्रक्रिया अझ अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए । उनले भने, ‘हामीले अझ धेरै गर्न बाँकी नै छ । त्यो पनि उपचारकै प्रक्रिया हो । त्यो उपचारको प्रक्रियालाई अझै अगाडि बढाउनुपर्ने आवश्यकता छ । तर अब हामी जस्तो मान्छे जसको जिलिगाँठी सबेै जलाएर खरानी बनाइदिएको छ । कसरी उपचार गर्छौं होला । यो प्रश्न हामीसँग अहिले पनि बाँकी नै छ ।’
गत भदौमा जेनजी प्रदर्शनका क्रममा डल्लुस्थित खनाल दम्पतीको घरमा आगजनी भएको थियो । उक्त घटनामा रविलक्ष्मी गम्भीर घाइते भएकी थिइन् भने घर पूर्ण रूपमा क्षति भएको थियो । उपचारका लागि भारत लगिएको उनको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधारोन्मुख रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण