मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा न्यौपाने निर्वाचित
काठमाडौँ । लमजुङबाट काठमाडौँ आई बसोबास गरिरहेका साहित्यकारको साझा संस्था मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा बाल साहित्यकार विजयराज न्यौपाने चयन भएका छन् ।
प्रतिष्ठानको सोमबार साँझ सम्पन्न २४औँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट साहित्यकार न्यौपानेको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरिएको हो । प्रतिष्ठानको उपाध्यक्षमा लक्ष्मण थापा, सचिवमा अञ्जना पौडेल खनाल, सहसचिवमा प्रदीपराज अधिकारी र कोषाध्यक्षमा कृष्ण अधिकारी निर्वाचित हुएका छन्।
यस्तै सदस्यमा रामप्रसाद घिमिरे, अच्युत रेग्मी, सरला ओझा, वसन्त घिमिरे र खुसीराम डौलिया हुनुभएको छ । एक सदस्य पछि अध्यक्षले चयन गर्नेछन्। विसं २०५३ मा स्थापना भएको उक्त प्रतिष्ठानले प्रतिष्ठानका प्रमुख संरक्षक एवं राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा रु २७ लाखको अक्षयकोष स्थापना गरी बर्सेनि एक वरिष्ठ साहित्यकारलाई रु एक लाखको नगद पुरस्कार प्रदान गर्दै आएको छ ।
साधारणसभाको उद्घाटन सत्रमा नेपाली शिक्षा परिषद्का अध्यक्ष साहित्यकार रमा शर्माले लमजुङको मात्र नभई नेपालको साहित्य क्षेत्रको विकासमा मस्र्याङ्दी प्रतिष्ठानले खेलेको भूमिका सराहनीय रहेको बताए ।
प्रतिष्ठानका पूर्वअध्यक्ष क्रमशः प्राडा कृष्णबहादुर थापा, डा देवी सुवेदी, डा मुकुन्द पथिक, डा बमबहादुर थापा ‘जीताली’लगायतले समयको मागअनुसार मस्र्याङ्दी प्रतिष्ठानको कार्यक्षेत्र विस्तार गर्दे लैजानुपर्ने बताए । सोही अवसरमा मस्र्याङ्दी प्रवाह वुलेटिन विमोचन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण