राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु र धनगढीका मेयर हमालबिच भेटवार्ता
सारांश
- रास्वपा सुदूरपश्चिमका नेताहरूले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालबिच भेटवार्ता गरेका छन्।
- भेटमा सुदूरपश्चिमको समग्र अवस्था, राजनीतिक परिस्थिति, र विकासका चुनौतीबारे छलफल भयो।
- वैकल्पिक शक्तिबीचको सहकार्य र एकताको आवश्यकतामा दुवै पक्षबीच गहन संवाद भएको बताइएको छ।
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका नेतृत्व र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल (गोपी) हमालबिच भेटवार्ता भएको छ।
रास्वपाका प्रदेश सभापति प्रकाश विष्ट, प्रदेश महामन्त्री लगायतका नेताहरूको टोलीले मेयर हमालसँग भेटघाट गरेको हो। केही दिनयता सुदूरपश्चिमका विभिन्न जिल्ला र स्थानहरूमा पुगेर विभिन्न व्यक्तित्वहरूसँग भेटघाट गरिरहेको रास्वपाको टोलीले आज धनगढीमा मेयर हमालसँग संवाद गरेको हो।
भेटका क्रममा सुदूरपश्चिमको समग्र अवस्था, वर्तमान राजनीतिक परिस्थिति, विकासका क्रममा देखिएका चुनौतीहरू र सम्भावनाका क्षेत्रहरूबारे विस्तृत छलफल भएको प्रदेश सभापति प्रकाश विष्टले जानकारी दिए।
विशेषगरी मुलुकमा वैकल्पिक शक्तिका रूपमा देखिएका पक्षहरूबिचको सहकार्य र एकताको आवश्यकताका बारेमा दुवै पक्षबिच गहन संवाद भएको बताइएको छ। भेटपछि सामाजिक सभापति विष्टले देश र प्रदेशको भविष्यका लागि जिम्मेवार नेतृत्वबिच यस्ता संवादहरू निरन्तर आवश्यक रहेको बताएका छन्। भेटमा रास्वपाका प्रदेश कमिटीका नेताहरुको सहभागिता रहेको थियो ।
रास्वपाले पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा आफ्नो साङ्गठनिक सक्रियता बढाउनुका साथै स्थानीय तहका जनप्रतिनिधि र सामाजिक व्यक्तित्वहरूसँगको भेटघाटलाई तीव्रता दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण