सहिद पुत्र सन्दिप पुन प्रलोपा विद्यार्थी सङ्गठनको संयोजक चयन
काठमाडौँ । माओवादी युद्धका सहिद पुत्र सन्दिप पुन प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)को विद्यार्थी सङ्गठनको संयोजकमा चयन भएका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीको पुस १ र २ गते सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णय अनुसार पुनलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको हो ।
प्रलोपाका अनुसार पुनको नेतृत्वमा विद्यार्थी आन्दोलन, लोकतान्त्रिक मूल्य–मान्यता र प्रगतिशील विचारधारालाई थप सशक्त बनाउँदै सङ्गठनलाई नयाँ उचाइमा पुर्याइने विश्वास व्यक्त गरिएको छ ।
साथै जेनजी विद्रोहपछि स्थापित हुने पहिलो विद्यार्थी सङ्गठन भएकाले यसको भूमिका आगामी दिनमा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
रुकुम पूर्वका पुन जनयुद्धका सहिद सुन्दर र बृक्षाका सुपुत्र हुन् । नेपालको राजनीतिक तथा विद्यार्थी आन्दोलनको इतिहासमा पहिलो पटक सहिदका सुपुत्रले विद्यार्थी सङ्गठनको नेतृत्व तहमा जिम्मेवारी पाएका प्रलोपाले दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण