बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

भक्तपुरबाट १० जना जुवाडे पक्राउ

मङ्गलबार, ०८ पुस २०८२, २० : ३०
मङ्गलबार, ०८ पुस २०८२

काठमाडौँ । प्रहरीले भक्तपुरको सुर्यबिनायक नगरपालिका–६ स्थित घलातेबाट १० जना जुवाडेहरूलाई पक्राउ गरेको छ । 

जुवा खालबाट १ लाख ५२ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सुर्य बहादुर खड्काले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा काभ्रे घर भएका २९ वर्षीय सुनलाल तामाङ, ३२ वर्षीय कर्मा लामा, ३२ वर्षीय बिरमान तामाङ, ३७ वर्षीय सागर लामा, ३६ वर्षीय छोइसाङ थोकर, रोमछापका ३२ वर्षीय कुशल मगर, सर्लाही घर भएका ३१ वर्षीय टेकमान बल र ४२ वर्षीय मदन लामा छन् ।

ओखलढुङ्गा घर भएका ४३ वर्षीय गङ्गा बहादुर सुनुवार र दोलखा घर भएका ५३ वर्षीय दिलीप भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप