‘सुरक्षा र संवैधानिक परीक्षणबिना फागुनको चुनाव सुनिश्चित छैन’
सारांश
- एमाले महासचिव शंकर पोखरेलले निर्वाचनको अनिश्चितता व्यक्त गर्दै सरकारको संवैधानिक परीक्षणको कुरा उठाए।
- उनले पार्टी कार्यकर्तालाई चुनाव सुनिश्चित नभएको र षड्यन्त्रको सामना गर्न तयार रहन निर्देशन दिए।
- पोखरेलले पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ भएको र संगठन विस्तारमा लाग्न आग्रह गरे।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुनिश्चितताबारे संशय व्यक्त गरेका छन्।
पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश तल्लो तहसम्म पुर्याउन मंगलबार आयोजित 'भर्चुअल' बैठकमा उनले वर्तमान सरकार गठनको संवैधानिक परीक्षण र सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म निर्वाचन हुनेमा ढुक्क हुन नसकिने बताएका हुन्। पोखरेलले पार्टीका प्रदेश र जिल्ला नेतृत्वलाई सम्बोधन गर्दै यथास्थितिमा चुनाव सुनिश्चित नरहेकोतर्फ सचेत गराए।
महासचिव पोखरेलले हालै सम्पन्न महाधिवेशनले एमाले र समग्र राजनीतिक दलप्रति जनतामा नयाँ विश्वास जगाएको दाबी गरे। पार्टीको आन्तरिक लोकतन्त्र थप सुदृढ भएको उल्लेख गर्दै उनले एमाले र यसको नेतृत्वविरुद्ध पछिल्लो समय विभिन्न शक्तिहरूबाट चौतर्फी षड्यन्त्र भइरहेको आरोप समेत लगाए। यस्ता षड्यन्त्रको कडा प्रतिवाद गर्न र पार्टीको साख जोगाउन उनले कार्यकर्ताहरूलाई उच्च तयारीको अवस्थामा रहन निर्देशन दिएका छन्।
बैठकमा उनले महाधिवेशनले पारित गरेका नीति र आगामी कार्यदिशाबारे जिल्लास्तरका नेताहरूलाई ब्रिफिङ गर्दै पार्टीको संगठन विस्तारमा जुट्न आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण