‘अब लोकतन्त्र हाइज्याक गर्नेहरूले स्थापना गरेको नेतातन्त्र ढल्ने निश्चित छ’
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता मनऋषि धितालले नेतृत्व केन्द्रीकरणको आलोचना गरे।
- उनले लोकतन्त्र 'हाइज्याक' गरेर नेतातन्त्र स्थापना भएको र त्यो ढल्ने दाबी गरे।
- धितालले युवालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताउँदै पुरानो नेतृत्वको आलोचना गरे।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता मनऋषि धितालले नेपाली राजनीतिमा लामो समयदेखि कायम रहँदै आएको नेतृत्व केन्द्रीकरण र पदमुखी प्रवृत्तिको आलोचना गरेका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले लोकतन्त्रलाई ‘हाइज्याक’ गरेर स्थापना गरिएको नेतातन्त्र अब अनिवार्य रूपमा ढल्ने दाबी गरेका हुन् ।
‘लोकतन्त्र हाइज्याक गर्नेहरूले स्थापना गरेको नेतातन्त्र ढल्छ, यो निश्चित छ,’ धितालको जिकिर छ। उनले पुरानो सोच र अनुहारबाट अघि बढ्न नसके देश र लोकतन्त्र दुवै संकटमा पर्ने चेतावनीसमेत दिएका छन् ।
धितालले आफू आवश्यक पर्दा आफूभन्दा १० वा १५ वर्ष कम उमेरका युवालाई आफ्नो उत्तराधिकारी बनाउन तयार रहेको पनि बताएका छन् ।
केन्द्रिय तहमा एक कार्यकाल सेवा गरेपछि वा संसद वा मन्त्रिपरिषद्मा एक कार्यकाल काम गरेपछि युवालाई नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता आफूले पहिल्यै व्यक्त गरिसकेको उल्लेख गर्दै उनले विगतमा त्याग गरेर त्यसको प्रमाणसमेत दिइएको दाबी गरेका छन् ।
उनले अधिकांश पुराना नेताहरूले एउटै भूगोल, एउटै पद र पटक–पटक संसद तथा मन्त्रिपरिषद्मा पुग्नुलाई नै अन्तिम गन्तव्य बनाएकोप्रति प्रश्न उठाएका छन् ।
धितालले २०६४, २०७४ र अहिले २०८२/८४ सम्म पनि उही अनुहार दोहोरिरहनु राजनीतिक जडताको प्रतीक भएको बताएका छन् । अझ २०६४ भन्दा अघि नै म्याद सकिएका नेताहरू फेरि–फेरि उही अनुहार लिएर आउने प्रवृत्तिले समाजमा नयाँ नेतृत्व र नयाँ विचारको जन्म तथा विकासलाई अवरुद्ध गरेको उनको आरोप छ ।
उनले दशकौँसम्म एउटै व्यक्तिलाई पार्टीका कार्यकर्ता र जनताले बोकिरहनुपर्ने अवस्था अन्यायपूर्ण भएको उल्लेख गर्दै अब युवाचेतनाले यस्ता नेताहरूलाई ससम्मान बिदाइ गर्ने दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण