बुधबारदेखि आठौँ पर्वत महोत्सव
सारांश
- गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव सुरु हुँदैछ।
- महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइनेछ र विभिन्न प्रतियोगिताहरू हुनेछन्।
- महोत्सवले एक लाखभन्दा बढी दर्शक र दुई करोडभन्दा बढीको कारोबार गर्ने लक्ष्य लिएको छ।
पर्वत। गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कुश्मामा आज (बुधबार) देखि आठौँ पर्वत महोत्सव सुरु हुने भएको छ । यही पुस १९ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको मूल संयोजक ठाकुर वि पौडेलले जानकारी दिए ।
महोत्सव सुरु हुनुअघि बिहान ११ः०० बजेदेखि शान्ति र सद्भाव र्याली प्रदर्शन गरिनेछ । सदरमुकाम कुश्माबजारको लोकतान्त्रिक चोकबाट सुरु हुने र्याली पुरानो चौकी, शिवालय चोक, प्रगति चोक हुँदै महोत्सवस्थल बडागाउँ चौरमा पुगेर सभामा परिणत हुनेछ ।
‘समृद्ध पर्वत, हाम्रो चाहना’ भन्ने नाराका साथ सुरु हुने महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । सुन्तला, लप्सीलगायत कृषि प्रदर्शनी र बिक्रीका स्टलसमेत रहने जनाइएको छ । महोत्सवमा स्थानीय संस्कृतिमा आधारित झाँकी तथा र्याली प्रदर्शन, खुला दोहोरी गीत प्रतियोगिता, अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता, विद्यालयस्तरीय लोक नृत्य, भजन तथा रत्यौली गीत प्रतियोगिता, टिकटक च्यालेञ्ज प्रतियोगिता र सुन्तला खाने प्रतियोगितालगायत छन् ।
महोत्सवमा एक लाखभन्दा बढी दर्शक भित्र्याउने र रु दुई करोड भन्दाबढीको कारोबार गर्ने लक्ष्य लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागी पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण