अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा इजरायली राष्ट्रपतिलाई भ्रमणको निम्तो
सारांश
- अष्ट्रेलियाका प्रधानमन्त्रीले इजरायली राष्ट्रपतिलाई भ्रमणको निम्तो दिएका छन्।
- सिड्नीमा यहूदी समुदायमाथि भएको आक्रमणपछि यो निर्णय लिइएको हो।
- भ्रमणको मिति भने हालसम्म तय भएको छैन।
काठमाडौँ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानीजले इजरायलका राष्ट्रपति इसाक हर्जोगलाई अष्ट्रेलिया भ्रमणका लागि औपचारिक निम्तो दिने बताएका छन् । सिड्नीमा यहुदी समुदायलाई लक्षित गरी भएको दुःखद घटनापछि यो निर्णय गरिएको जनाइएको छ ।
प्रधानमन्त्री एल्बानीजले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा अष्ट्रेलियाली सरकारको सिफारिसअनुसार गभर्नर–जनरलले स्थापित कूटनीतिक प्रक्रिया पालना गर्दै राष्ट्रपति हर्जोगलाई यथाशीघ्र अष्ट्रेलिया भ्रमणको निम्तो प्रदान गर्ने उल्लेख गरेका छन् ।
सिड्नीको बन्डाइ समुद्री किनारमा हानुका पर्वका अवसरमा आयोजित कार्यक्रममा भएको आक्रमणका कारण १५ जनाको ज्यान गएको थियो । सम्बन्धित निकायका अनुसार उक्त घटना यहुदी समुदायविरुद्ध लक्षित घृणाजन्य आतङ्कवादी कार्यका रूपमा लिइएको छ ।
उक्त घटनापछि राष्ट्रपति हर्जोगले अष्ट्रेलियामा देखिँदै आएको यहूदीविरोधी घृणाविरुद्ध प्रभावकारी कदम चाल्न आग्रह गरेका थिए ।
इजरायली राष्ट्रपतिको कार्यालयले प्रधानमन्त्री एल्बानीजसँग भएको टेलिफोन संवादको पुष्टि गर्दै अष्ट्रेलियाली सरकार तथा यहुदी समुदायबाट राष्ट्रपति हर्जोगलाई भ्रमणको निमन्त्रणा प्राप्त भएको जनाएको छ ।
राष्ट्रपति हर्जोगको भ्रमणको मिति भने हालसम्म निर्धारण गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण