बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘धुरन्धर’को सफलतापछि अक्षय खन्नाले बढाए पारिश्रमिक, छाडेका हुन् ‘दृश्यम ३’ ?

बुधबार, ०९ पुस २०८२, १० : २६
बुधबार, ०९ पुस २०८२

सारांश

  • बलिउड फिल्म 'धुरन्धर' मा अक्षय खन्नाको अभिनयको चर्चा भइरहेको छ।
  • अक्षय खन्नाले 'दृश्यम ३' फिल्म छाडेको खबर आएको छ, पारिश्रमिक र 'क्रिएटिभ' मतभेदका कारण।
  • 'धुरन्धर' को सफलता पछि अक्षयको पारिश्रमिकमा वृद्धि र अनस्क्रिन लुक परिवर्तनको माग थियो।

नयाँ दिल्ली । यतिबेला बलिउडको बक्स अफिसमा ‘धुरन्धर’को दबदबा छ ।  फिल्मले धमाधम रेकर्ड बनाइरहेको छ । यस फिल्ममा नायक रणवीर सिंहको भन्दा धेरै चर्चा खलनायक अक्षय खन्नाको भइरहेको छ । फिल्ममा अक्षयको अभिनय र नृत्यको निकै चर्चा भइरहेको छ । 

फिल्मका हरेक दृश्यमा हाबी छन् । यस फिल्मको सफलतापछि आफ्नो फिल्ममा अक्षयलाई खेलाउन चाहने फिल्म निर्माताहरूको संख्या बढेको छ ।

तर यसै बिच अक्षय खन्नाले सुपरहिट फ्रान्चाइजी ‘दृश्यम ३’ छोडेको खबर आएको । बलिउड मेसिनको रिपोर्ट अनुसार, अक्षय खन्ना अजय देवगनको फिल्मबाट बाहिरिएका छन् । यसको कारण अक्षयले आफ्नो पारिश्रमीक बढाउनु र ‘क्रियटिभ’ मतभेद रहेको बताइएको छ । धुरन्धरको व्यापक सफलतापछि अक्षय खन्नाले आफ्नो पारिश्रमिकमा उच्च वृद्धिको माग गरेको समाचारमा भनिएको छ ।

पैसा बाहेक उनले ‘दृश्यम ३’ मा आफ्नो अनस्क्रिन लुकमा पनि व्यापक परिवर्तन गर्न भनेका छन् । रिपोर्टहरूका अनुसार अक्षयको मागमा निर्माताहरू असहमत छन् । जसले गर्दा उनले फिल्मबाट पछि हट्ने निर्णय गरेको भनिएको छ ।

अक्षय खन्ना र निर्माताहरू बिच छलफल चलिरहेको छ । अभिनेता फिल्मबाट बाहिरिएको आधिकारिक पुष्टि भएको छैन । धुरन्धरको सफलतापछि अक्षयलाई स्क्रिनमा हेर्न चाहनेको संख्या बढेको छ । उनको मागलाई ध्यानमा राख्दा फिल्मबाट उनलाई बाहिरिन दिनु निर्माताहरूलाई घाटाको कुरा हुन सक्छ । फिल्मको पहिलो झलक हालै रिलिज भएको थियो। फिल्म अर्को वर्ष अक्टोबर २ मा रिलिज गरिनेछ ।

धुरन्धरको कमाईको कुरा गर्ने हो भने यसले १९ दिनमा ५९० करोड भारु कमाएको छ । फिल्म छिटै ६०० करोड माथि उक्लिनेछ । आदित्य धर निर्देशित यस फिल्ममा अक्षय कुमार, संजय दत्त, राकेश बेदी, रणवीर सिंह र सारा अर्जुनले मुख्य भूमिकामा अभिनय गरेका छन् । फिल्मले समीक्षक र दर्शक दुवैबाट सकारात्मक समीक्षा पाइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप