‘धुरन्धर’ले तोड्यो ‘पुष्पा २’ को रेकर्ड
सारांश
- रणबीर सिंहको फिल्म 'धुरन्धर'ले बक्स अफिसमा धेरै फिल्मलाई उछिनेको छ।
- नेटफ्लिक्सले 'धुरन्धर'को डिजिटल स्ट्रिमिङ अधिकार पुष्पा २ भन्दा बढी मूल्यमा किनेको छ।
- 'धुरन्धर' ले ५८९.५० करोड भारु कमाइ गरेको छ र यो चाँडै ६०० करोड क्लबमा प्रवेश गर्ने अनुमान छ।
नयाँ दिल्ली । बक्स अफिस कलेक्सनको हिसाबले रणबीर सिंहको फिल्म ‘धुरन्धर’ले कयौँ फिल्मलाई उछिनेको छ । नेटफ्लिक्सले हालै यस फिल्मको डिजिटल स्ट्रिमिङ अधिकार किनेको छ । रिपोर्टका अनुसार, धुरन्धरले ओटीटी प्लेटफर्महरूमा पुष्पा २ लाई उछिनेको छ । नेटफ्लिक्सले पुष्पा २ भन्दा बढी मूल्यमा यो फिल्मको अधिकार किनेको हो ।
द इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार, नेटफ्लिक्सले पुष्पा २ः द रुल को डिजिटल अधिकार प्राप्त गर्न २७० करोड भारु खर्च गरेको थियो । अमेजन प्राइम भिडियोले पुष्पाको स्ट्रिमिङ अधिकार ५० करोडमा किनेको थियो । मिडिया रिपोर्टहरूका अनुसार नेटफ्लिक्सले धुरन्धरको स्ट्रिमिङ अधिकार किन्न २८५ करोड भारु खर्च गरेको छ ।
चाँडै ६०० करोड क्लबमा छिर्दैछ फिल्म
धुरन्धरले अहिलेसम्म कुल ५८९ दशमलव ५० करोड भारु कमाएको छ । फिल्मले जुन तरिकाले कमाई गरिरहेको छ, यसलाई हेर्दा यो चाँडै नै भारतीय बक्स अफिसमा ६०० करोड क्लबमा छिर्ने देखिन्छ । फिल्मको विश्वव्यापी कलेक्शन पनि ९०१ करोड भारु पुगेको छ ।
२०२६ मा रिलिज हुनेछ ‘धुरन्धर २’
धुरन्धरमा रणवीर सिंह मुख्य भूमिकामा छन् । उनको साथमा यस फिल्ममा राकेश बेदी, अक्षय खन्ना, आर माधवन, अर्जुन रामपाल, सारा अर्जुन र दानिश पाण्डोरले पनि अभिनय गरेका छन् । निर्माताहरूले धुरन्धरको सिक्वेलको पनि घोषणा गरेका छन् । धुरन्धर २ २०२६ को मार्च १९ मा रिलिज हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण