शासनको वैधानिकता निर्वाचनले दिन्छ : गृहमन्त्री अर्याल
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको असल अभ्यास भएको बताए।
- निर्वाचनले नागरिक शक्तिलाई सरकारमा पुर्याई शासनको वैधानिकता प्रदान गर्ने उनको भनाइ छ।
- उनले निर्वाचन नभए देश अस्थिरतातर्फ धकेलिने र सुशासन नभए विद्रोहको अवस्था आउने बताए।
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एउटा असल अभ्यास भएको बताएका छन् । बुधवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सुरक्षा गोष्ठी उद्घाटन गर्दै अर्यालले भने- ‘निर्वाचन अपरिहार्य व्यवस्था भएको हुनाले निर्वाचनले नै नागरिक शक्तिलाई सरकारमा पुर्याई शासनको वैधानिकता प्रदान गर्छ ।’
निर्वाचनविना मुलुकमा सुशासन कायम गर्न कठिन हुने उनले बताए । उनले भने– ‘निर्वाचन नभए देश थप अस्थिरतातर्फ धकेलिन सक्छ ।’ जेनजी जनआन्दोलन गरेका पुस्तालाई बाइपास गरेर जान नसकिने मन्त्री अर्यालले बताए । उनले भने- ‘सुशासन दिन सकिएन भने, विद्रोहको अवस्था सिर्जना हुन्छ ।’
पुस ७ मा भएको सर्वपक्षीय छलफलबाट आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण बनेको अर्यालले बताए ।
गोष्ठीमा कर्णालीका १० वटै जिल्लाहरूबाट जिल्ला सुरक्षा समितिका पदाधिकारीले प्रदेशगत सुरक्षा चुनौतीका सम्बन्धमा घनिभूत छलफल गर्दै जिल्लागत प्रस्तुतीकरण हुने कार्यक्रम रहेको छ । यस प्रदेश अन्तर्गत हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान र सुर्खेत पर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण