आफूलाई शाखा अधिकृत बताउने नक्कली कर्मचारी पक्राउ
बुधबार, ०९ पुस २०८२, १२ : ४९
सारांश
- काठमाडौँमा शाखा अधिकृत बताउने नक्कली कर्मचारी पक्राउ परेका छन्।
- ललितपुरका २३ वर्षीय समन श्रेष्ठलाई नक्कली कागजात र पोशाकका साथ पक्राउ गरियो।
- उनलाई सरकारी छाप र लिखत सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
काठमाडौँ । काठमाडौँबाट आफूलाई शाखा अधिकृत बताउने नक्कली कर्मचारी पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–२२ झोछे बस्ने ललितपुर महानगरपालिका–१५ थसिखेल घर भएका २३ वर्षीय समन श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
लोकसेवा आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्ति पत्र प्राप्त गरेको नक्कली कागजात तयार गरी सरकारी कर्मचारीले लगाउने पोसाक लगाएर प्राप्त नगरेको ओहदाको परिचय देखाएर फाइदा लिन खोजेको आरोपमा उनी पक्राउ परेका हुन् ।
सोही सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको हो । उनलाई सरकारी छाप तथा लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण