बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘कर्णालीका सडक मृत्युमार्गका रूपमा चित्रित भए, हाम्रो लागि लज्जाको विषय हो’

बुधबार, ०९ पुस २०८२, १२ : ५०
बुधबार, ०९ पुस २०८२

सारांश

  • मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका सडकलाई 'मृत्युमार्ग' भनेर चित्रण गरे।
  • उनले यातायात क्षेत्रमा सिन्डिकेट, भाडा असुली र लापरबाही नियन्त्रण गर्नुपर्ने बताए।
  • मुख्यमन्त्री कँडेलले कर्णालीको सीमा सुरक्षा चुनौतीपूर्ण रहेको र अवैध गतिविधि नियन्त्रण गर्नुपर्ने कुरामा जोड दिए।

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका सडकहरु मृत्यूमार्गमा रुपमा चित्रित भएको बताएका छन् । जुन सरकारका लागि लज्जाको विषय बनेको उनले बताए ।

बुधबार वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले भने, ‘भौगोलिक कठिनाइ एउटा पक्ष हो, तर यान्त्रिक गडबडी, क्षमताभन्दा बढी यात्रु, र चालकको चरम लापरबाहीका कारण हुने दुर्घटनाहरू अब अक्षम्य छन् ।’

यातायात क्षेत्रमा देखिएको सिन्डिकेटको अवशेष, मनपरी भाडा असुली र असुरक्षित यात्रालाई नियन्त्रण गर्न ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयले संयुक्त रूपमा निर्मम कदम चाल्न जरुरी रहेको उनको भनाइ छ ।

‘सडक सुरक्षालाई हामीले नागरिकको जीवनको अधिकारसँग जोडेर हेर्नुपर्छ,’ उनले थपे ।

सीमा सुरक्षा चुनौतीपूर्ण

गृहमन्त्री ओम प्रकाश अर्याल सहभागी उक्त कार्यक्रममा मुख्यमन्त्री कँडेलले कर्णालीको सीमा सुरक्षा उत्तिकै चुनौतीपूर्ण रहेको बताए ।

‘हाम्रो सिमाना भारतसँग प्रत्यक्ष जोडिएको छैन, तर छिमेकी प्रदेशहरू हुँदै भित्रिने अवैध तस्करीको जालो यहाँसम्म फैलिएको छ,’ उनले भने, ‘उत्तरतर्फ चीनसँग जोडिएका नाकाहरू (हिल्सा, नाक्चेलाग्ना) को रणनीतिक महत्व बढ्दै गइरहेको छ ।’

यी नाकाहरूबाट हुने अवैध गतिविधि, राजस्व छली, र प्रतिबन्धित वस्तुहरूको ओसारपसारलाई कडाइका साथ नियन्त्रण गर्न आधुनिक प्रविधि र सूचना संयन्त्रको प्रयोग अपरिहार्य रहेको कँडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप